
मातृभुमी संवाददाता । १६ असोज दैलेख
दुल्लूमा टिप्पर दुर्घटना भएको छ । टिप्पर हिजो राति आठ बजे तल्लो डुङ्गेश्वर बाट दुल्लु जाने क्रममा दुल्लु नगरपालिका १ स्थित मन्डा टिमिला पानि नजिक दुर्घटना भएको हो । क प्र ०२००१ क १९९ नम्बरको टिप्पर दुर्घटना हुदा दुल्लु ७ का चालक बर्ष ३३ का भुपेन्द्र थापाको मृत्युु भएको छ । भने सोहि टिप्परमा बसेका अन्य २ जना घाईते भएका छन । घाइते हुनेमा दुल्लु नगरपालिका ७ बस्ने बर्ष ३५ का चन्द्र बहादुर थापा र प्युठानका बर्ष ३० का मुक्त प्रसाद उपाध्याय रहेका इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ ।
घाईतेलाई उपचारको लागि दुल्लु अस्पतालले सुर्खेत रिफर गरेको छ । टिप्पर दुर्घटनाको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ । इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकि दुल्लु को टोलि राति करिब ९ बजे घटना स्थलमा पुगेर उद्दार गरेको थियो ।