नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए विकेट

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले पाँचौं विकेट गुमाएको छ ।

युएईले पाँचौं विकेटको रुपमा फाहाड नवाजलाई दुई रनमा गुमाएको हो । सन्दीपले १६.३ ओभरमा नवाजलाई बोल्ड आउट गरेका हुन् ।

योसँगै युएईको १७ ओभरको समाप्तिमा चार विकेट गुमाएर ७० रन भएको छ । यसअघि युएईका लागि सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच र चिराग सुरीले चार रन बनाएर आउट भए ।

नेपालका लागि भने करण केसीले दुई र कप्तान पारस खड्का र सोमपाल कामीले समान १-१ विकेट लिएका छन् ।
यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *