दैलेखको द्धारीमा खानेपानी परियोजना लागु हुने

मातृभूमी संवादाता । १३ माघ, दैलेख
नौमूले गाउँपालिका ३ द्धारीमा समावेशी सरसफाइ, स्वच्छता तथा खानेपानी व्यवस्थापन परियोजना संचालन हुने भएको छ । कोरियन रेडक्रस र नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा नौमूले गाउँपालिका ३ द्धारीमा उक्त परियोजना सञ्चालन हुने भएको हो ।
परियोजना संचालन तथा कार्यान्वयनका लागि सवैसंग सहकार्य गरी परियोजना सफल वनाउन स्थानीय उपभोक्तको आवश्यक रहने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति खेमराज केसीले बताए । शाखा सभापति केसीले परियोजनाले आगामि तीन वर्ष भित्र परियोजना क्षेत्रका लक्षित समुदायको सरसफाइ स्वच्छता, खानेपानी र जीविकोपार्जनमा सकरात्मक सुधार गरिने बताए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका मन्त्री यामराज कटुवालले परियोजनाले खानेपानी योजना मर्मत संभार, नयाँ खानेपानी योजना मार्फत समुदायमा सुरक्षित खानेपानीको पहुँच अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
पूर्ण सरसफाइयुक्त गाउँ टोलका लागि रणनीतिक योजना मार्फत व्यवहार परिवर्तनमा सहयोग पुग्ने परियोजना अधिकृत हिरासिंह विश्वकर्माले वताए । उनले व्यक्तिगत सरसफाई, घरायसी सरसफाई र वातावरणिय सरसफाइमा सकरात्मक परिर्वतन भई समग्र स्वास्थ्य र सरसफाइको स्थितिमा सुधार हुने वताए ।
विद्यालय सरसफाइ अन्तरगत विद्यालयको सरसफाइको स्थितिमा सुधार गर्नुका साथै आय आर्जनका क्रियाकलापहरु मार्फत समुदायको जीवन स्तरमा सुधार ल्याइने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका उपसभापति भेषराज थापाले बताए ।
नौमूले गाउँपालिका ३ द्धारीका वडा अध्यक्ष गगनबहादुर रोकाले परियोजना सञ्चालनका लागि आफुले पहल गरेको र आफ्नो कार्यकाल अवधिभर द्धारी वडालाई रेडक्रस अन्तरगतका परियोनजा मार्फत स्थानीयको जिविकोपार्जनमा सहजता पु¥याइने वताए । साथै वडा अध्यक्ष रोकाले समावेशी सरसफाइ, स्वच्छता तथा खानेपानी व्यवस्थापनमा द्धारी वडावासीको पहुँचमा वृद्धि गरिने वताए ।
परयोजनाको कार्यान्वयनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखका सभापति खेमराज केसी, उपसभापति भेषराज थापा, मन्त्री यामराज कटुवाल, परियोजना अधिकृत हिरासिंह विश्वकर्मा, फिल्ड सुपरभाइजर नारायण पोखरेल, जुनियर इन्जिनियर अरुण कुवर नौमूले गाउँपालिका ३ द्धारीका अध्यक्ष गगनबहादुर रोका मगर र वडा सचिव जगतप्रसाद कोइराला लगाएको टोलीले फिल्ड अनुगमन तथा अन्तरक्रिया कार्यक्रम समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *