युएईले नेपाललाई दियो २५५ रनको चुनौती

मातृभूमी संवादाता । १४ माघ, काठमाण्डौ
तीन एकदिवसीय सिरिज जित्न यूएईले नेपाललाई २५५ रनको चुनौती पेश गरेको छ । नेपालले अहिले ब्याटिङ गरिरहेको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको छ । यूएईले खराव सुरुवात गर्दै ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाल्दै २५४ रनको योगफल तयार पारेको हो । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।
यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।
तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ठूलो साझेदारी गरे । अनवर ८७ रनमा आउट भए । आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे । नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *