ठाँटिकाँध न्यायिक समितिप्रति विश्वास वढ्दो

मातृभूमी संवादाता । १३ माघ, दैलेख
ठाँटिकाँध गाउँपालिका वडा नं. ४ स्थानीयवासी कलम शाहि निकै खुसी थिए । कारण थियो स्थानीय सरकार निर्माण हुन्छ र सिंहदरवारको अधिकार गाउँमै आउछ भनेर । स्थानीय सरकार पनि निर्माण भए सिंहदरवारको अनुभव जनताले गाउँमै गरे पनि । यस्तै ठाँटिकाँध गाउँपालिका ३ का दिनेश वुढा त्यतिवेला झन् खुसी भए जव सामान्य न्याय माग्नका लागी अड्डा अदालत धाउन नपर्ने र आफुले नै चुनेर पठाएका जनप्रतिनिधीले सजिलै न्याय दिन थाले । यि त प्रतिनिधी घटना मात्र हुन् ।
संघियता पछि देश जव स्थानीय तहमा विभाजित भयो तव स्थानीय सरकारमा निर्माण गरिएको न्यायिक समितिप्रति जनताको विश्वास बढ्न् थाल्यो । केहि महिना अगाडि ठाँटिकाँध गाउँपालिकामा स्थापना गरिएको न्यायिक समितिप्रति स्थानीयवासीको विश्वास वढ्न थालेको हो । ठाँटिकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंह (शाही) को संयोजकत्वमा न्यायिक समिति गठन गरेसँगै गाउँघरमा हुने सानातिना घटना तथा उजुरी र गुनासाहरु न्यायिक समितिमा आउने गरेका छन् । ठाँटिकाँधमा न्यायिक समितिप्रति स्थानीय जनताको विश्वास बढ्दै गइरहेको छ ।
लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधी विहिन हुनु, न्यायिक कामहरु सम्पादन हुन नसक्नु र जनताहरु अदालत सम्म जान र मुद्दाहरु फैसला गर्न बानी परिसकेपनि ठाँटिकाँध गाउँपालिकामा भने न्यायिक समितिप्रति स्थानीयको विश्वास वढ्दै गएको पाइन्छ । स्थानीय न्यायिक निकायले पक्षविपक्षबीच मेलमिलाप गराउँदै आएको छ । गाउँघरमा हुने न्यायसम्बन्धि सबैजसो समस्याहरु मेलमिलाप गर्ने खालका हुने भएकाले पनि न्यायिक समितिमा स्थानीयहरु आउने गरेको ठाँटिकाँध गाउँपालिकाकी उपाध्यक्ष तथा ठाँटिकाँध गाउँपालिका न्यायिक समितिकी संयोजक सुस्मिता सिंह (शाही) ले बताइन् ।
गाउँस्तरमा नै विवाद समाधान हुँदा पीडितले पनि राहत महसुस गरेको संयोजक सिंहको भनाई छ । गाउँघरमा हुने स–साना विवाद समाधानका लागि अदालत तथा प्रहरीचौकी जानुपर्ने बाध्यता बिस्तारै हट्दै जान थालेको छ । स्थानीय तहलाई न्याय सम्पादनका लागि संविधानले अधिकार प्रत्यायोजन गरेपछि स्थानीय तहमा हुने विवाद समाधान गर्न थालेको संयोजक सिंहले बताइन् । न्यायिक समितिमा मुद्दा दर्ता हुने क्रम बढेको छ । समितिमा परेका मुद्दाको प्रकृति हेरी प्रहरीसँग समन्वय गरेर समाधान गरिरहेका छौं’, संयोजक सिंहले भनिन्, ‘न्यायिक समितिका बारेमा जनताले बुझ्दै जाँदा मुद्दा पर्ने संख्या निरन्तर बढ्दै गएको छ ।’
न्यायिक समिति गठन गरिसकेपछि ठाँटिकाँध न्यायिक समितिमा अहिले सम्म ३९ वटा उजुरी तथा विवादका निवेदन परेको संयोजक सिंहको भनाई छ । ‘यि मध्ये अधिकांश विवाद हामिले समाधान गरिसकेका छौ’ संयोजक सिंहले भनिन्, ‘केहि निवेदनमाथी अध्ययन गरिरहेका छौँ र सम्वन्ध विच्छेदका २ वटा मुद्दा जिल्ला अदालत पठाईएको र जिल्ला अदालतवाट फैसला भईसक्यो ।’
विशेष गरी न्यायिक समितिमा कुटपिट, घरनिकाला, सम्वन्ध विच्छेद र साँध मिचिएका उजुरी आउने गरेको र कसैलाई करकाप नगरी दुवै पक्षको मञ्जुरीमा समस्या समाधान गरेर पठाउने गरेको संयोजक सिंहले बताइन् । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ ।
न्यायिक समिति ठाँटिकाँधमा उपाध्यक्ष सुस्मिता सिंह (शाही) संयोजक तथा ठाँटिकाँध गाउँपालिका ३ का वडा अध्यक्ष कर्णवहादुर शाही र २ का वडा अध्यक्ष रुपलाल विश्वकर्मा सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *