अख्तियारका असई अख्तियारकै फन्दामा

मातृभूमी संवादाता । १४ माघ सुर्खेत
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो ।
एकजना इन्जिनियरसँग घुस बार्गे्निङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खटिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको हो । अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले घुस दिने इन्जिनियरको नाम खुलाएको छैैन ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले असई पक्राउको सूचनाा प्राप्त भइनसकेको बताए । तर अख्तियारको सुर्खेत र कोहलपुर कार्यालयले भने यसको पुष्टि गरेका छन् । नाम नखोल्ने शर्तमा अख्तियार सुर्खेतका एक कर्मचारीले अधिकारीलाई पक्राउ गरि काठमाडौं लगिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!