‘गोठाले दाईले घाँसरै काट्यो’मा गाउँघरकै भाका

मातृभूमी संवादाता । १४ माघ काठमाडौं
‘ओ मिस’ ‘गाइ चटारिन्छ’, ‘माया जिन्दावाद’ जस्ता गीतहरु गाएर स्टेज तताउँदै आइरहेका इलामे गायक रमेश बोखिम राईले सामाजिक कामका लागि नयाँ गीत ‘गोठाले दाईले’ सार्वजनिक गरेका छन् । गायक राईले इलाम रोङ गाउँपालिका–२ शान्तिपुर बदमटार निवासी ललित तामाङको दुबै मृगौलाले काम नगरेपछि उनको उपचारका लागि आर्थिक सहयोग जुटाउन गीत ल्याएको बताए ।
जेडी तमुले निर्देशन गरेको गीतको भिडियोमा पर्वत गुरुङ र अलिशा गुरुङको अभिनय छ । भिडियोमा दीपेन गुरुङको छायांकन, अलिशा गुरुङको मेकअप र सुजन गुरुङको सम्पादन छ । भिडियोलाई टंक बुढाथोकीकै च्यानलबाट सार्वजनिक गरिएको हो । रमेशको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *