पहिलोपट नेपाल आईसिसि वरियतामा
मातृभूमी संवादाता । १४ माघ काठमाडौं
युएई विरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला नेपालको पोल्ठामा भएको छ । यो शृङ्खला जितेसँगै नेपाल एकदिवसीय क्रिकेट वरियता क्रममा प्रवेश गरेको छ । अन्र्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले वरियता सार्वजनिक गर्दा नेपालले पहिलो पटक स्थान बनाउन सफल भएको छ । नेपाल आईसीसी वरियताको पुछारमा रहेको छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १ सय ५२ अंक छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा इङ्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ ।
वरियता क्रममा भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा रहेका छन् । यस्तै, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान पनि शीर्ष १० भित्र छन् । जिम्बावे ११ औं स्थानमा छ भने आयरल्याण्ड १२ औं, स्कटल्याण्ड १३ औं, यूएई १४ औं तथा नेपाल १५ औं स्थानमा छ । युएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित हासिल गर्दै नेपालले पहिलो पटक एकदिवसीय श्रृंखला जितको थियो ।
यस्तै युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलिले यहि माघ १७ गते विहिवार देखी तिनवटा टि–२० क्रिकेट शृङ्खला पनि खेल्दै छ ।