गजल
लेखक–मणिकुमार रिमाल
परापुर्व कालमा पहाड पनि सागर थिए ।।
मान्छे सोच्ने गर्छन् केहि त अमर थिए।।
सुध्रिन चाहे मान्छे सुध्रिन सक्ने रहेछ ।
असल वालमिकी नै दुष्ट रत्नाकर थिए ।।
उतिखेर वाले सके जति पढ भनेकै हुन् ।
आज जागीर खानलाई धेरै अवसर थिए ।।
कवि कायर हुन् भन्ने पनि सुनिएको छ ।
राष्ट«पति लिङ्कन पनि त कविवर थिए ।।
यि चाहना एकत्रित छन् तिम्रो संगतपछि ।
तिनै चाहना अनेकन थिए वेखबर थिए ।।