तामाखानी उत्खनन् र संरक्षण

रूपलाल विश्वकर्मा
वडा अध्यक्ष
ठाँटिकाँध गाउँपालिका वडा नं. २ दैलेख

हाम्रो देश नेपाल एक भू.परिवेष्ठित र अविकसित देश भएतापनि परिवर्तनका निम्ति थुप्रै क्रान्तिहरु भएका छन् । विश्व मानचित्रमा राष्ट्र विभुति विर सपुतहरुको महान वलीदानी र संघर्षले गर्दा गौरवपुर्ण ईतिहाँसको रचना भएको छ । हट्ने हैन, डटि लड्ने नेपालीको वानी हुन्छ, कहिलेकाही नझुक्ने शिर उभेको स्वाभीमानी नेपाली हुनछ । त्यसै यो गाथा ईतिहाँसको पल्लुमा लेखीएको होईन । हाम्रो पुर्खाको रगतद्धारा सिंचित हाम्रो ईतिहाँसले त्यो पाठ सिकाएको छ । हाी अभिमानी हैन स्वाभिमानी भएर पुर्खाले निर्देश गरेको पदमार्गलाई अवलम्वन गरी गुलामी र परनिर्भर हैन । विश्वको नजरमा स्वावलम्वी र आत्मनिर्भर भएर अघि वढेमात्र हाम्रो पुर्खाले देखेको सपना साकार हुने भएकाले म सदैव मेरो राष्ट्र पुर्खाले रचित आदेश र मेरा आज सर्वमान्य भगवान जनता जर्नादन प्रति शिरोधर गर्दै साही आदेशको मार्गमा सदा अघि वढिरहने छु । आज हाम्रो देश नेपालमा एकतन्त्रीय तानाशाही सामान्तवादी राज्य व्यवस्थाको अन्त्य गरी २०७२ साल असोज २ गते नेपाली जनताहरुको अथक मिमिनेत र वलीदानी पुर्ण संघर्षले लोकतान्त्रिक गणतनत्र नेपालको संविधानको निर्माण सँगै विधिवत रुपमा घोषणा गरिएको छ । हामी नेपाली जनताहरुको ऐतिहासिक युगान्तकारी परिवर्तन हो । अव हाम्रो काँधमा संविधानलाई कार्यान्वयन गर्ने महान अभिभारा रहेको छ । एकात्मक राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक राज्य व्यवस्थाको निर्माण भएको छ । सोहि राज्य प्रणालीको मक्सद अनुरुप स्थानीय, प्रदेश र संघिय गरी तिनै तहका निर्वाचन पनि सम्पन्न भई तिनै तहका सरकारले अहिले आ–आफ्नो काम गरिरहेका छन् । २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वान भई ठाँटिकाँध गाउँपालिका वडा नं. २ वाट वडा अध्यक्ष जस्तो गरिमामय पदभार समाल्ने महत्वपुर्ण अभिमान मेरो काँधमा थमाउने वडा नं. २ का सम्पुर्ण आमावुवा, दाजुभाई, दिदिवहिनीहरु प्रति ह्दयदेखी नै आभार सहित धन्यवाद व्यक्त गर्दछु । म सदैव वडावासीहरुको ऋणी भई नै रहने भएकाले सम्पुर्ण जनताहरुको सेवक भएर काममा लागी रहने वचनवद्धता गर्दछु ।
तपाँई वडा नं. २ को अध्यक्षमा निर्वाचित भैसके पश्चात जनताले प्रत्यक्षरुपमा अनुभुति गर्ने खालका कार्यहरु के–के गर्नुभयो ?
म ठाँटिकाँध गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा निर्वाचित भैसके पश्चात यो झण्डै पुगनपुग २ वर्षको अवधीमा थुप्रै खालका कार्यहरु हाम्रो वडामा भएका छन् । जस्तै कृषितर्फ–प्याडुलीमा सिंचाई पोखरी निर्माण, जौचौर, हुईता, तिर्तेखेत सिंचाई पाईप निर्माण योजना, वडा नं. २ मा रहेका प्रत्येक टोलका प्रत्येक कृषि समुह मार्फत तरकारी विउविजन वितरण, जौचौर र सेरीपाटामा ओखर, अलैची, कागती लगाएतका विरुवा वितरण, सुनौला हजार दिनका आमाहरुलाई कुखुरा वितरण, केहि घरधुरीहरुलाई पोलिहाउस थापा सिंचाई औजारहरु वितरण गरिएको छ । स्वास्थ्यतर्फ–सामुदायिक स्वास्थ्य ईकाई प्याडुलीको घेरवार तथा पर्खाल निर्माण गरिएको छ भने प्रत्येक टोलमा १÷१ वटा स्ट्रचर वितरण गरिएको छ । यस्तै हुईता र टमटाल्नामा खानेपानी मर्मत, वडाका आवश्यक घरधुरीहरुमा शौचालय निर्माण, वडाभरी नै फोहोर व्यवस्थापन र प्लाष्टिक संकलन अभियानको सुरुवात गरी वडालाई पुर्ण सरसफाईयुक्त वडाका लागी आवश्यक पहल पनि भैरहेको छ । वडाका प्रत्येक स्कुलहरुमा फिल्ड निर्माण, फर्निचर निर्माण, छाना मर्मत र विद्यालयको घेरवार गरी शिक्षामा सुधार ल्याउने पर्यत्न पनि गरिएको छ । वडाभरी नै मदिरा नियन्त्रण, लैङ्गिक तथा घरेलु हिंसा, वालविवाह, छुवाछुत तथा छाउपडि जस्ता प्रथा उन्मुलनका लागी प्रचारप्रसार तथा अभियानका कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।
आगामी दिनमा तपाँईको वडालाई समृद्ध वनाउनका लागी यहाँहरुले कस्ता खालका योजनाहरु वनाउनु भएको छ ?
अहिले विशषेगरी मेरो योजना भनेको वडालाई कसरी समृद्ध र आत्मर्निभर वनाउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित छ । त्यसका लागी सवै भन्दा पहिला कृषि क्षेत्रमा परिवर्तन ल्याउन जरुरी देखीन्छ । त्यसका लागी टमटाल्लामा सिंचाई नहर निर्माण गर्ने, सेरीपाटामा प्लाष्टिक पोलिहाउस थोपा सिंचाई योजना निर्माण गर्ने, वडाका विपन्न घरधुरीमा उन्नत जातका वाख्रा वितरण गर्ने, वडाभरी नै फलफुल तथा डालेघाँसका विरुवा र मौसमी तथा वेमोसमी विउ विजन वितरण गर्ने कृषितर्फको योजना रहेको छ । यसैगरी सरसफाई तथा शिक्षामा परिवर्तन गर्नु पर्ने देखिन्छ जसका लागी दशरथ मावि प्याडुलीमा शौचालय तथा फर्निचर निर्माण गर्ने र वडाका आवश्यक घरधुरीहरुमा शौचालय निर्माण गर्ने, विद्यालयहरुमा वालमैत्री धारा निर्माण, फर्निचर निर्माण, विद्यालयका छना मर्मत गर्ने योजना हामीले वनाएका छाँै । प्याडुलीमा रहेको सामुदायिक स्वास्थ्य इकाईको स्तरउन्नती गर्नका लागी आवश्यक उपकरण खरिद गर्ने, लैङ्गिक तथा घरेलु हिंसा, वालविवाह, छुवाछुत तथा छाउपडि जस्ता प्रथा उन्मुलनका लागी प्रचारप्रसार तथा अभियानका कार्यक्रमहरु सञ्चालन गर्ने र दशैं, तिहार, नारी दिवस, तिज विशेष कार्यक्रममा जनचेतनामुलक कार्यक्रम गर्ने योजना वनाएका छौँ । अझ सेरीपाटामा कुखुराको दाना उद्योग सञ्चालन गरी रोजगारीका अवसर श्रृजना गर्ने लक्ष्य पनि वडा नं. २ ले लिएको छ ।
तपाँईको वडाका समृद्धिका आधारहरु के के हुन् ?
जल, जंगल, जमिन, जडिवुटी र खानीहरु यस वडाका समृद्धिका आधारहरु हुन् । रामघाट खोलाको पानीलाई वहुउपयोगी वनाई विद्युत, सिंचाई, मिल, पानी घट्ट, माछा पोखरी र मोटर लिफ्टिङ्गद्धारा सिंचाईको व्यवस्था गरी खेति योग्य जमिनलाई प्रयोग गरिने, वडामा भएका सामुदायिक वनहरुको उचित व्यवस्थापन गरी आयआर्जनमुलक क्रियाकलाप गर्ने जस्तै जडिवुटिहरुको संरक्षण सम्वद्र्धन गर्ने वहुउपयोगी वृक्षारोपण गरी समृद्धिको पाटोलाई अगाडी वढाईने छ । वडा नं. २ समृद्धिका लागी अलैची र ओखर खेती, वाख्रा फर्म निर्माण, पोल्ट्रि फर्म निर्माण, कुटानी, पिसानी, पेलानी मिल सञ्चालन, चना चर्का र अल्लो प्रसोधन, कुखुराको दाना उत्पादन उद्योग स्थापना, शौर्य उर्जा, गोवर ग्यास यस वडाका समृद्धिका आधारहरु हुन् र हामीले यि कार्यहरुलाई भावि रणनितिका रुपमा पनि लिएका छौँ ।
तपाँईको वडामा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागी यहाँहरुले के कस्ता योजनाहरु वनाउनु भएको छ ?
हामीले पर्यटन क्षेत्रको प्रचार प्रसारका लागी सवै भन्दा पहिला त विभिन्न ठाउँमा होर्डिङ्ग वोर्डहरु राख्ने, विभिन्न व्रोसरहरु निर्माण गर्ने, विजारेमा एकिकृत वस्तीको विस्तार गरी होमस्टे सञ्चालन गर्ने, एक वडा एक खेल मैदानको विकास गर्ने, हेलिप्याड निर्माणको पहल गर्ने, भिम गुफाको संरक्षण गर्ने र गुफा सम्म पुग्ने पथमार्गको निर्माण गर्ने, वडामा रहेका विभिन्न मठ मन्दिरहरुको जिर्णाेद्धार गर्ने, जौचौरमा रहेको तामाखानीको संरक्षण गर्ने र उत्खनन्का लागी आवश्यक पहल गर्ने, हुईतामा रहेको छटदेउती मन्दिरको निर्माण तथा संरक्षण गरी यिनीहरुको प्रचारप्रसार गर्ने हाम्रो मुख्य योजना रहेको छ ।
तपाँईको वडाको विकासका लागी मुख्य चुनौतिहरु के के हुन् र ति चुनौतिहरुको सामना कसरी गरिरहनु भएको छ ?
वडाको विकासका लागी हाम्रो अहिलेको मुख्य चुनौति भनेको विषेश गरी आवश्यक कानुन नै हो । अन्य चुनौतीहरु पनि छन् नभएका भने होईनन् । नयाँ संरचना र सरकार सञ्चालन नयाँ अनुभव, जनप्रतिनिधी र कर्मचारीवीच समन्वयको अभाव, वडा कार्यालय नहुनु, पर्याप्त कर्मचारी नहुनु, सूचनाको अभाव हुनु, वैङ्किक सेवा नहुनु लगाएतका यावत चुनौतिहरु छन् । यी चुनौतीहरुको सामना गर्नका लागी अनुभवी र विज्ञ साथीहरुको सल्लाह, सुझाव लिने, अधिकार र कर्तव्यप्रति इमान्दार भएर काम गर्ने, उपलव्ध कर्मचारीसँग समन्वय गर्ने र जनता र जनप्रतिनिधीहरुको साथ विश्वास अनुसार कार्य गर्ने गरिएको छ ।
अन्तिममा के भन्नुहुन्छ ?
सम्पुर्ण आमावुवा, दाजुभाई दिदिवहिनी राजनैतिक दलका साथीहरु संघसंस्थाका साथीहरु समाजसेवी पत्रकार साथीहरुमा रचनात्मक सुझावका लागी सदैव अपेक्षामा रही रहने जानकारी गराउन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *