सिकारुको माध्यम बन्यो सरकारी सम्पति
मातृभूमी संवादाता । १९ माघ दैलेख
दैलेखका स्थानीय तहहरुमा गाडि किन्ने होडवाजी चलिरहेकैवेला एक स्थानीय तहले गाडिको चरम दुरुपयोग गरेको छ । नारायण नगरपालिकाको काडाँचौरमा शनिवार सरकारी नम्वर प्लेटको जिप महावु गाउँपालिकाका एक कर्मचारीले सिक्नका लागि भन्दै चौरमा चलाइरहेका थिए । महावु गाउपालिकाले भखैरै मात्र खरीद गरेर ल्याएको बा २ झ ४१५३ नम्वरको जिप गाउपालिकाकै कम्प्युटर अपरेटर राजेशकुमार हमालले सिक्नका शनिवार प्रयोग गरेका पाइएको छ ।
गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले गाडी बिग्रीएको कारण ग्यारेजमा मर्मतका लागि लगिएको बताएपनि सिक्नका लागि दुरुपयोग गरीएको पाईएको हो । गाउँपालिकाको वचाउँ गर्दै अध्यक्ष शाहीले गाडीको फोरविल भाँचिएको र ग्यारेजमा लगिएको बताए । गाउपालिकाले जिप खरीद गरेको महिनादिन मै मर्मतमा लैजानुपर्ने अध्यक्षले वताउँदै गर्दा सो जिप अत्याधिक दुरुपयोग भएको प्रष्ट देखिएको छ ।
यि त प्रतिनिधि घटना हुन् । उता नारायण नगरपालिकाले भर्खरै मात्र वडाध्यक्षको सुविधाका लागि खरीद गरेका ११ वटा मोटरसाईकलमध्ये अधिकांश दुरुपयोग भएको पाईएको छ । वडा नं. ११ को मोटरसाइकल स्थानीय एक विद्यालयका शिक्षकले चलाउँदै दिनहुँ घर विद्यालय गएको पाइएको छ ।
सार्वजनिक विदा र शनिवारको दिन अत्यावश्यक परेमा प्रमुख जिल्ला अधिकारीबाट पास लिएर मात्रै सरकारी सवारी साधन चलाउन पाइने प्रावधान रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा बताउँछन् ।
सरकारी श्रोत र साधनको दुरुपयोग भए÷नभएको नियमन गर्ने निकाय हो जिल्ला प्रशासन कार्यालय हो र सामान्यतः बिदाका दिन सरकारी सवारी चलाउन प्रमुख जिल्ला अधिकारीबाट पास लिनुपर्ने सरकारी प्रावधान रहेको छ ।