ठाँटिकाँधमा पर्यटन प्रवद्र्धनमा जोड दिइने

मातृभूमी संवादाता । २० माघ दैलेख
पर्यटकिय क्षेत्रको थुप्रै सम्भावना वोकेको दैलेखको ठाँटिकाँध गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले आगामी दिनमा गुरु योजना वनाएर अगाडि बढ्ने भएको छ । ठाटिकाँध गाउँपालिकामा रहेका पर्यटकिय क्षेत्रको पहिचान गरी आगामी दिनमा पर्यटन प्रवद्र्धनमा जोड दिइने भएको हो ।
ठाँटिकाँध गाउँपालिका भित्र रहेका पर्यटकको मुख्य आर्कषणको रुपमा रहेको मदनताल, नाके गुफा लगाएतका थुप्रै पर्यटकिय क्षेत्रलाई संरक्षण गरी पर्यटकिय गन्तव्य वनाउन पहल गरिने ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले वताए । ठाँटिकाँध गाउँपालिकामा पर्यटकिय क्षेत्रको रुपमा चिनिएको मदनतालमा विकासका पूर्वधारहरुको अभाव रहेको वताउँदै अध्यक्ष शाहीले तालसम्म पुग्ने मोटरवाटो पु¥याउने लक्ष रहेको बताए ।
ठाँटिकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मीता सिंहले गाउँपालिकाको समृद्धिका लागि गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको संरक्षण गर्दै पर्यटकिय गन्तव्यको रुपमा अगाडि वढाउन पहल गरिने बताइन् । गाउँपालिकाको आर्थिक समृद्धिका लागि पनि पर्यटकिय क्षेत्रलाई संरक्षण तथा प्रवद्र्धन गर्न जरुरी रहेको उपाध्यक्ष सिंहको भनाई रहेको छ ।
ठाँटिकाँध गाउँपालिका वडा नं. ३ को पर्यटकको आर्कषणको रुपमा रहेको मदानताल अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । समुन्द्र सतहबाट करिव ३ हजार मिटर उचाईमा रहेको मदानताल अवलोकनमा शैक्षिक भ्रमणका लागी विभिन्न विद्यालयका विद्यार्थी लगाएत आन्तरिक र बाह्य पर्यटकहरुको संख्या वढ्दै गएको पाइन्छ ।
हिउँदको समयमा मुगुको रारातालमा पाईने चराचुरुङ्गि वसाईसरी आउने भएकाले हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या वढ्दै गएको स्थानीय व्यापारीहरु वताउँछन् ।
गाउँपालिकाको वडा नं. ३ को केन्द्र वहाँकोट सम्म मोटरवाटोको पहुँच पुगे सँगै मदानताल र सँगै रहेको नांकेगुफा अवलोकनका लागी पुग्ने पर्यटकको संख्या वढेको स्थानीयवासी पदम खप्तडीमगरको भनाई छ । मदानताल, नांकेगुफा, दश वर्षे माओवादी जनयुद्धताका युद्धकला सिकाईने क्षेत्र रानिवन लगाएत पर्यटकिय क्षेत्रको प्रचारप्रसार गरी पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने ठाँटिकाँध गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष कर्णबहादुर शाहीले वताए ।
यस्तै ठाँटिकाँध गाउँपालिका ४ गैरागाउँमा रहेका पर्यटकिय क्षेत्र वुकीमालिकामाई, देउती मन्दिर, गौथलीछडा, गणुलेनीमाईको छडा लगाएतका गन्तव्यहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा जोड दिईने वडा अध्यक्ष रमेश सिजापतिले वताए । ‘यस गाउँपालिकामा थुप्रै पर्यटकिय सम्भावना वोकेका क्षेत्रहरु ओझेलमा छन्’ वडा अध्यक्ष सिजापतिले भने, ‘यसका लागि गाउँपालिका र वडाले आगामि दिनमा प्रचारप्रसार र पर्यटन पूर्वाधार विकासमा रणनैतिक योजना वनाएर अगाडि वढाउने योजना रहेको छ ।’
यता ठाँटिकाँध गाउँपालिका २ का वडा अध्यक्ष रुपलाल विश्वकर्माले आफ्नो वडामा रहेका दुर्गाभवानी मन्दिर, भिमपाईला, भिम गुफा, विजारेताल, जौचौरको तामाखानीको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा जोड दिइने वताए ।
अध्यक्ष विश्वकर्माले पर्यटन प्रवद्र्धनका लागि विजारेमा होमस्टे सञ्चालन गर्ने, एकिकृत वस्ती विकास गर्ने, विजारेमा हेलीप्याड निर्माण गर्ने, खेल मैदान निमार्ण गर्ने, जौचौरको तामाखानी उत्खन्नका लागि संघिय सरकारसंग आग्रह गर्ने लगाएतका योजना रहेको वताए ।
ठाँटिकाँध गाउँपालिका वडा नं. ६ का अध्यक्ष मनबहादुर सिजापतिले आफ्नो क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिइने वताए । उनले वडा भित्र रहेका धौलापडा, ठुलीछडी, मालिकामाई लगाएतका पर्यटकिय क्षेत्रलाई संरक्षण गर्न आफु लागि पर्ने वताए ।
यसरी गाउँपालिकाभरी रहेका पर्यटकिय क्षेत्रको संरक्षण गरी प्रवद्र्धन गर्न सके ठाँटिकाँधलाई पर्यटन क्षेत्रको हव वनाउन सकिने स्थानीय वुद्धिजीवीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *