कांग्रेसको आनदोलन, प्रधानमन्त्रिको राजिनामा माग

मातृभूमी संवादाता । २१ माघ दैलेख
प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले सरकार विरुद्ध सोमवार दैलेखमा विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको निणर्य अनुसार दैलेखमा पनि विरोध प्रर्दशन गरिएको हो । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्ने कार्यक्रम तय भए अनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखको आयोजनामा दैलेख जिल्ला सदरमुकाममा विरोध प्रर्दशन र सभा गरेको हो । दैलेखमा गरिएको विरोध प्रर्दशनमा नेपाली काँग्रेस दैलेखका नेता कार्यकर्ता सहभागि थिए । प्रर्दशनकै क्रममा काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ । दैलेखको स्थानीय गणेश चोकबाट सुरु भएको विरोध प्रर्दशन देवकोटा चोक नजिक सडकमै सभामा गरेको थियो । विरोध प्रर्दशनमा उनिहरुले निर्मलालाई न्याय देउ, महँगी, भ्रष्टाचार रोक जस्ता नाराहरु लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *