कांग्रेस युवा नेता गगन थापालाई पोखरामा कालो झण्डा

मातृभूमी संवादाता । २२ माघ कास्की
सरकारको विरोधमा नेपाली कांग्रेस कास्की कार्य समितिले गरेको विरोधसभामा सम्बोधन गर्न पोखरा पुगेका युवा नेता गगन थापालाई केही युवाले कालो झण्डा देखाएका छन् । थापाले सम्बोधन गरिरहेकै ठाँउमा तिन चार जनाको समूहमा आएका केही युवाहरुले कालो झण्डा देखाएका हुन् । नेपाली कांग्रेसका युवा नेता गगन थापाले विरोध सभालाई सम्बोधन गर्दै सरकार जिम्मेवारीपूर्ण रुपमा अगाडि बढ्न नसकेको बताए ।
थापाले देश संघीयतामा गैसकेको हुनाले संघीय व्यवस्था कार्यान्वयनको सट्टा संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं लागि परेको भन्दै उनले अदालत, प्रहरी, तथा प्रशासन लगायतका क्षेत्र अस्तव्यस्त बनाएको बताए । वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने उनको भनाई रहेको थियो । सरकार अराजकतातर्फ गएकोले अब शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बेला भएको उनले वताए । थापाले नागरिकको आकांक्षा अनुसारका कार्यहरु गर्नुपर्ने बताउँदै निर्मला हत्याकाण्ड, वाइडबडी विमान काण्ड, यातायात क्षेत्रको सिण्डिकेट, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका विषयमा संवेदनशील भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *