निकितासँग मन्त्रालयले माग्यो स्पष्टीकरण

मातृभूमी संवादाता । २२ माघ काठमाण्डौ
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण मागेको छ । उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै स्पष्टीकरण मागिएको हो । उनी बिदा बस्दा पनि स्वीकृतिबिनै बस्ने गरेको बताइएको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ का लागि चौमासिक समीक्षा बैठक राखेको राखेको थियो । तर, बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित थिइन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका थिए ।
मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको बुझिएको छ । यता बोर्ड अध्यक्ष पौडेल भने हालसम्म मौन छिन् । उनले मन्त्रालयले माग गरेको स्पष्टीकरणबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!