यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ

मातृभूमी संवादाता । २२ माघ डोटी
वर्षीया बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा डोटीमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको हो । पीडित पक्षको जाहेरीका आधारमा शिक्षकमाथि छानबिन गरी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने शिक्षकको नाम खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!