सडक सुरक्षा कार्यक्रममा जोड दिदै ट्राफिक
मातृभूमी संवादाता । २१ माघ दैलेख
दैलेख सदरमुकाममा सवारी ओभरटेक सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । दैलेख जिल्लामा सञ्चालित सम्पुर्ण किसिमका सवारी साधनका चालकलाई सवारी ओभरटेक सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय छिन्चु सुर्खेतको निर्देशन अनुसार जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गरिएको दैलेख ट्राफिक प्रहरीले जनाएको छ ।
ओभरटेक गर्दा हुने दुर्घटना न्युनिकरण गर्नका लागी डेमो सहितको कार्यक्रम सञ्चालन गरिएको छ । दैलेखमा लामो तथा छोटो दुरीका सडक खण्डमा क्षमता भन्दा दोब्बर यात्रु बोक्ने, ओभरट्याक गर्न खोज्ने लगायतका कारणले दुर्घटनाको जोखिम बढेको छ । यिनै कारणले सडक खण्डमा भएका सवारी दुर्घटानामा धेरैले ज्यान पनि गुमाई सकेका छन् ।
कर्णाली प्रदेश ट्राफिक प्रहरीले प्रदेश भरी नै सडक आवागमन सरल, सुगम र नियमित गर्न, सवारी दुर्घटना का मुख्य कारणहरुलाई न्युनिकरण गर्न, सवारी चालकहरुलाई ट्राफिक नियमको पालना गराउन, सडक प्रयोगकर्तामा सुरक्षित व्यवहार अपनाउन, सडक सुरक्षा सम्वन्धी जनचेतना र शिक्षामुलक गतिविधी सञ्चालन गर्न यस्ता कार्यक्रमहरु सञ्चालन भैरहेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।