एम्वुलेन्स सञ्चालनमा आयो

मातृभूमी संवादाता । २३ माघ दैलेख
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र ठाँटीकाँधको एम्वुलेन्स सञ्चालनमा आएको छ । आठ महीना देखि विग्रिएर थन्किएको एम्बुलेन्स मर्मत पछि सञ्चालनमा आएको हो । दैलेख क्षेत्र नं. २ को निर्वाचन क्षेत्र विकास कार्यक्रबाट रु. १० लाखमा खरिद गरिएको हो । विग्रिएर थन्किएको एम्वुलेन्स मर्मतका लागी स्वास्थ्य केन्द्र र व्यवस्थापन समितिले कुनै वास्ता नगर्दा समाचार प्रकाशन तथा प्रसारण पछि सञ्चालनमा आएको हो । गाउँपालिकाको विविध खर्जबाट रु. ९५ हजार रुपैँया खर्चेर एम्बुलनेन्स मर्मत गरेपछि सञ्चालनमा ल्याईएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नर्तम बुढाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *