दैलेखमा फेरी जिप दुर्घटना चार गम्भीर चार सामान्य घाइते

मातृभूमी संवादाता । २३ माघ दैलेख
दैलेखमा वुधवार विहान फेरी जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परि ४ जना गम्भीर र ४ जना सामान्य घाईते भएका छन् । दैलेखको महावु गाउँपालिकावाट दैलेख वजार आउँदै गरेको लु २ च ४५६८ नम्वरको जिप नारायण नगरपालिकाको कालिमाटि नजिक दुर्घटनामा परेको हो । वुधवार विहान करिव १०ः५५ वजेतिर भएको दुर्घटनामा परि कालिकोटको डिल्लिकोटका वर्ष ४९ का रत्न रानामगर, ना.न.पा. ४ सोत निवासी वर्ष ८९ का दत्तवहादुर कठायत, महावु गाउँपालिका ६ का वर्ष २२ का विनिता रावत र वर्ष १५ का अमर थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला स्वास्थ्य दैलेखमा उपचार भैरहेको छ । पुर्ण विवरण आउन वाँकि रहेको दैलेख ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!