महावुले विद्युतिकरणमा जोड दिने
मातृभूमी संवादाता । २३ माघ दैलेख
यहाँका स्थानीय तहले आफ्नो नगर तथा गाउँपालिकालाई समृद्ध वनाउन होडवाजी चलिरहेका वेला दैलेखको महावु गाउँपालिकाको बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।
गाउँपालिकालाई समृद्ध बनाउन गाउँपालिकाले विभिन्न कामहरु गर्दै आएको छ । गाउँपालिकामा सामुदायिक विद्युतिकरण आयोजना सञ्चालनका लागी गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ को विस्तृत अध्ययन प्रतिवेदन डीपीआरका तयार पारिसकेको र काम अगाडी बढाउने भएको छ ।
कार्यविधि र डिपीआरमा उल्लेखीत मापदण्डका आधारमा सामुदायिक ग्रामिण विद्युतिकरण आयोजना संग सम्झौता गर्नका लागी सञ्चालक समितिका अध्यक्षय एवम गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहिलाई जिम्मेवारी दिने, केन्द्रिय विद्युतिकरणका लागी सिफारिस लगाएतका कार्यका लागी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने निणर्य गरिएको छ ।
साथै गाउँपालिका भरिका सम्पूर्ण वडामा बिधुतिकरण सँगै गाउँपालिकाको समृद्धिका लागी विभिन्न क्रियाकलाप सञ्चालन पनि गर्ने जनाइएको छ । गाउँपालिकालाई समृद्ध बनाउनका लागी बिद्युतिकरण, सडक, कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष शाहिले बताए ।
गाउँपालिकाका सम्पूर्ण वडामा बिजुली बत्ती पुगे संगै नयाँ प्रविधि भित्रिने र आम नागरिकले सजिलै गाउँपालिकाको सेवा सुविधाको बारेमा जानकारी लिन सक्ने उनको भनाई रहेको छ । यसरी आबश्यक प्रक्रिया पूरा गरि बिद्युतिकरणको काम अगाडी बढाउनु पर्नेमा जोड दिइएको अध्यक्ष शाहीको भनाई छ ।
गाउँपालिकाले अनुगमन र न्यायीक समितिको काम प्रभावकारी बनाउन नयाँ सेवा सुविधा विस्तारको क्रममा रहेको समेत जानकारी दिएको छ । गाउँपालिकाको न्यायिक समितिमा आउने अधिकांस मुद्धाको किनारा दुवै पक्षको सहमतिमा गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी वुढाले वताएकी छन् । उनले गाउँपालिकाभरी निर्माण भैरहेका र हुने सम्पुर्ण योजनाहरुको प्रभावकारी अनुगमन गरेर मात्र भुक्तानी दिने गरेको भन्दै नियमित अनुगमनले दिगो विकासमा टेवा पुग्ने उपाध्यक्ष वुढाको भनाई रहेको छ ।
उपाध्यक्ष वुढाले हामीसँग कुरा गर्दै भनिन् ‘यो विद्युतिकरणको काम सम्पन्न भएमा गाउँपालिकाका जनता अध्यारोमा वस्न नपर्ने वताईन् । उनले गाउँपालिकाले तत्काल आफै विद्युत उत्पादन गर्न नसक्ने भएकाले साझेदारी मार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो ।’