दैलेखमा भारी हिमपात (फोटो फिचर)

मातृभूमी संवादाता । २६ माघ दैलेख
दैलेखमा २०६१ साल पछिकै भारी हिमपात भएको छ । २०६१ सालमा दैलेख सदरमुकाममै हिमपात भएको यहाँका स्थानीय बताउँछन् । त्यसको १५ बर्र्षपछी भारी हिमपात यस बर्ष भएको हो ।

लगातारको बर्षातसंगै शुक्रवार राती परेको हिमपातका कारण दैलेख सदरमुकामबाट देखिने डाँडाकाँडा सेताम्य भएका छन् । जिल्लाको महाबु, भैरवी, नौमूले, भगवतीमाई, डुङ्गेश्वर, गुराँस, ठाटीकाँध गाउँपालिका र दुल्लु नगरपालिकाको विभिन्न क्षेत्रमा हिमपात भएका छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत र दैलेखको सिमाना रातानाङ्ला, रानीमत्ता र गुराँसे क्षेत्रमा पनि भारी हिमपात भएको छ ।
यस्तै सदरमुकाम स्थित नारायण नगरपालिकाको वडा नं. १० भवानी, ११ विन्ध्यावासिनी लगाएतका क्षेत्रमा पनि हिमपात भएको छ ।

यस्तै पश्चिमको आठबीस नगरपालिकाको सिंहासैन, पिपलकोट लगाएतका क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण दैलेखमा चिसो बढेको छ । चिसो बढेसंगै जनजिवन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *