विद्यालयमा स्तनपान कक्ष

दुर्गा खत्री । २७ माघ दैलेख
दैलखको भगवतिमाई गाँउपालिकाको एक विद्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ । गाउँपालिकाको वडा नं. ७ वडाभैरवमा रहेको भैरव माध्यामिक विद्यालय खोरमा स्तनपान कक्षको व्यवस्थापन गरिएको हो । विद्यालयमा शिशु सहित अध्यापन गराउने आउने शिक्षिकाहरुलाई स्तनपान गराउन सहज र शुरक्षित होस् भनेर स्तनपान कक्षको व्यवस्थापन गरिएको हो । भैरव माध्यामिक विद्यालय खोरमा अध्यापन गराउन आउने शिक्षिकालाई खुला रुपमा स्तनपान गराउन असजिलो भएपछि विद्यालयको अफिस कोठामै स्तनपान कक्षको व्यवस्थापन गरिएको वुहारी पत्रकार दुर्गा खत्री लम्सालले वताईन् ।
विद्यालयमा सबै पुरुष शिक्षक र ४ जना मात्र महिला शिक्षक त्यसमा पनि एक जना मावि शिक्षिक कल्पना थापाको बच्चा जन्मिए पछि सबै शिक्षकको सामुन्य स्तनपान गराउन असजिलो भएको र शिक्षिकाले भन्न नसक्ने भएपछि विद्यालयलाई स्तनपान कक्षहुनु पर्छ भन्ने महशुस भएको र आमा तथा बच्चाको शुरक्षाको लागि विद्यालय व्यवस्थापन समितिको बैठकमा निर्यण गराई विद्यालयकै स्रोतबाट स्तनपान कक्षको व्यवस्थापन गरिएको प्रधानाध्यापक पुर्ण बहादुर भण्डारीले बताएका छन् । उनले भने ‘स्तनपान कक्षमा सुतेर दुध खुवाउन सजिलो होस् भन्नका लागि एउटा खाट र वेडको समेत व्यवस्था गरिएको छ । सतनपान कक्ष स्थापना भएसँगै विद्यालयका अन्य शिक्षिकाहरु पनि सुत्केरी भएमा महिलाहरुले बेर्होदै आएको समस्या समाधान भएर जानेछ ।’
विद्यालयमा स्तनपान कक्ष निमार्णको लागि गाँउ कार्यपालिकाको बैठकमा छलफल गरी नियर्ण गराउँदा पनि रकम उपलब्ध हुन नसके पछि विद्यालयको स्रोतबाट कक्ष व्यवस्थापन गरेको वडा अध्यक्ष रत्न बहादुर शाहिले वताए । स्तनपान कक्ष व्यवस्थापन पश्चात बच्चालाई निर्धक रुपमा दुध खुवाउन सजिलो भएको शिक्षिका कल्पना थापाले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *