हिउँ फालेर विमानस्थल खोलिंदै (फोटो फिचर)

दुनै, डोल्पा : निरन्तर हिमपातले पाँच दिनदेखि अबरुद्ध डोल्पाको जुफाल विमानस्थल हिउँ फालेर खोल्न लागिएको छ । विमानस्थलमा एक फिटभन्दा धेरै हिउँ जम्नु र बर्षाको कारण अबरुद्ध हवाइ सेवा हिउँ फालेर खोल्न लागिएको हो ।

ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीको नेतृत्वमा जनप्रतिनिधि, वडा अध्यक्ष, प्रहरीसहित सयौं स्थानीयहरुको सक्रियतामा विमानस्थलाको हिउँ फालिएको वडा अध्यक्ष बिरमल कुमार भण्डारीले जानकारी दिए ।

कुल पाँच सय ६० मिटर लम्बाइ रहेको जुफाल विमानस्थलको धावनमार्ग पूरै हिउँ फालेर सफा पारिएको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार स्थानीयले निकै ठुलो जाँगर र सहयोगमा विमानस्थलको हिउ फाल्न सएिको बताए ।

डोल्पाको भर पर्दो यातायातको माध्यम हवाइ सेवा भएको कारण हवाइ सेवा छिटो स्ुचारु गर्न जनप्रतिनिधि र स्थानीयसँग सहकार्य गरेर धावनमार्गको हिउ फालिएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए । ‘जनप्रतिनिधिले सुरुवात गरेको काममा स्थानीयले साथ दिँदा हिउँ पूरै फालिया,े मौसमले साथ दिएमा जहाज उडान भर्न सम्भव भएको छ,’  समिट एयरका स्टेशन इन्चार्ज पूर्णजँग शाहीले बताए ।

झण्डै एक सातादेखि वर्षा र हिमपातको कारण जहाज नउडेपछि यात्रुहरु जुफालमै थन्किएका छन् । आइतबारदेखि मौसममा केहस् सुधार भएपछि सोमबारदेखि जुफाल विमानस्थल खुल्ने आशा यात्रुहरुले गरेका छन् । 

हिमपातको कारण नाकाबन्दीमा परेको डोल्पा जिल्लाबाट बाहिर जाने र आउने बाटाहरु ठप्प भएका छन । जुफाल विमानस्थल खुलेमा नागरिकलाइ बाहिर जिल्ला जाने बाटो खुल्ने तालिममा नेपालगञ्ज जान लागेका योगेन्द्र बुढाले बताए ।

सामान्य रुपमा सड्कमा डोल्पा जोडिएको भए पनि जिल्लाका अधिकाश नागरिकले हवाइ यात्रा नै गर्ने गरेका छन । सुरक्षित छिटो र भरपर्दो यात्रा हुने भएको कारण पनि धेरैले जाहाज चढ्ने गरेको बिमानस्थल कार्यालय जुफालले बताएको छ । 

डोल्पाको जुफाल बिमानस्थलमा हाल तारा, सिता, गोमा र नेपाल यएरका ट्वीनअटर जहाजले उडान भर्ने गरेका छन ।

अन्नपुर्णपाेष्टवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *