सुनौला हजार दिनका आमालाई अभिमुखीकरण
मातृभूमी संवादाता । २९ माघ दैलेख
नारायण नगरपालिकाका हजार दिनका आमाहरुलाई अभिमुखीकरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना सम्बन्धि सुनौला हजार दिनका आमाहरुलाई अभिमुखीकरण गरीएको हो । कार्यक्रममा नगरपालिकाका विभिन्न वडामा रहेका सुनौला हजार दिनका आमाहरुलाई पोषण, पौष्टिक आहार, गर्भवति तथा सुत्केरी स्याहारको बारेमा जानकारी गराइएको थियो । गर्भवती स्याहार, सुत्केरीलाई पौष्टिक आहार खुवाउने र खाने, हरेकबार खाना चारका बारेमा पोषण कार्यक्रम दैलेखका कार्यक्रम संयोजक पवित्रा सापकोटाले प्रष्ट पारेकी थिईन् ।
कार्यक्रममा नारायण नगरपालिका दैलेखका कार्यवाहक नगर प्रमुख सावित्री मल्लले गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहारमा विशेष ध्यान दिनुपर्ने बताएकी थिईन् । नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै अझ प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यवाहक प्रमुख मल्लले मध्य पहाडी जिल्लामा कुपोषण डरलाग्दो अवस्थामा रहेको र स्वस्थ वालक तथा देशको नागरीक वनाउन राज्य लागि पर्नु पर्नेमा जोड दिईन् । सरकारले लिएका बहुक्षेत्रीय पोषण योजना र यसको कार्यान्वयनको लागि सबैले आ–आफ्नो तह र तप्काबाट लाग्नु पर्ने मल्लको भनाई थियोे । भोकमारी, खाद्य सुरक्षा, पोषणमा सुधार र दिगो कृषि प्रवद्र्धन २०३० सम्ममा गरिने लक्ष्य राज्यले लिएको उनको भनाई छ ।
नगरपालिकाका स्वास्थ्य ईकाई प्रमुख लाल बहादुर खड्काले नारायण नगरपालिका स्वास्थ्य इकाईले विशेष गरेर सुनौला हजार दिनका आमाहरु, बालबालिका, जेष्ठ नागरिकका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको वताए । यस्तै वडा नम्बर १ का अध्यक्षय तीर्थ नारायण श्रेष्ठ (ध्रुव) ले दैलेखमा पोषणको अवस्था न्यून रहेको र गर्भवती तथा सुत्केरी आमाले पौष्टिक खाना नखादा बालवालीका कुपोषित हुने भएकाले आफ्नो वडाले जहिले पनि स्वास्थ्यको कुरालाई पहिलो प्राथमिकता दिएको वताए । एक वालक कुपोष्ाित भएमा देशको नागरीक कुपोषित हुँदा विकास निमार्णमा समेत असर पर्ने वडाअध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
नारायण नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना भएको कार्यक्रममा सुनौला हजार दिनका आमा र गर्भवती गरी झण्डै एक सय जना भन्दा वढि आमाहरुको सहभागीता रहेको थियो ।