दैलेखमा महाेत्सव हुने

मातृभूमी संवादाता । १ फागुन दैलेख

दैलेखमा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन र औधोगिक व्यापार मेला हुने भएको छ । दैलेख उद्योग वाणिज्य संघ दैलेख र नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको संयूक्त आयोजनामा दैलेख महोत्सव २०७५ हुने भएको हो ।
कृषि पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रचार प्रशार तथा प्रर्वद्धन गर्ने उद्दश्येका साथ महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ दैलेखद्धारा आयोजिक पत्रकार सम्मेलमा जानकारी गाराइएको छ । जिल्लाको पर्यटन प्रर्वद्धन तथा प्रचार प्रशार गर्दै जिल्लाको औधोगिक व्यापारमा टेवा पु¥याउन यस महोत्सवले सहयोग गर्ने अयोजक दैलेख उद्योग वाणिज्य संघ दैलेखले जनाएको छ ।
यहि फागुन २२ देखि चैत्र २ गते सम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका ११ वटै स्थानीय तहको साँस्कृतिक झलकहरु, स्थानीय देखि राष्टिूय कलाकारहरुको प्रस्तुती रहनुका साथै स्थानीय उद्यमीले उत्पादन गरेको कृषिजन्य बस्तु प्रदर्शनीमा राखिने दैलेख उद्योग वाणिज्य संग दैलेखका महा सचिव राजेश कुमार हमालले वताए । धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रशारका माध्ययमवाट आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनुका साथै दैलेखको पर्यटकिय क्षेत्रलाई देशव्यापी रुपमा चिनाउन महोत्सवको आयोजना गरिएको महासचिव हमालले वताए । ‘स्थानीय परमपरागत सिप कला र संस्कृतिको विकास गरी धार्मिक सांस्कृतिक एवं ऐतिहाँसिक क्षेत्रलाई राष्टिूय अन्तराष्ट्रिय स्तरमा चिनाउन महोत्सवको महत्वपूर्ण भूमिका रहने छ’ महा सचिव हमालले भने, ‘जिल्लामा थुपै्र पर्यटकिय सम्भावना वोकेका क्षेत्र तथा स्थलको पनि यसै माध्ययमवाट विकास हुने समेत अपेक्षा छ ।’
दैलेख उद्योग वाणिज्य संघ दैलेखका अध्यक्षको अध्यक्षतामा २१ सदस्यिय मुल समारोह समितिको मातहतमा १९ वटा उप समितिहरु रहने आयोजक संस्थाले जनाएको छ । सुरक्षा व्यवस्था तथा स्वमसेवक, झाकी, स्टल, मञ्च,अतिथि सत्कार, साँस्कृतिक, सञ्चार समन्वय, पुरस्कार, सरसफाई, धार्मिक तथा पर्यटन, होटल, रमाइलो मोला, कला संस्कृति, यातायात, आर्थिक संकलन, लघु उद्यम, खानेपानी, स्वास्थ्य र कृषि उत्पादन लगाएतका उप समितिहरु रहने वताइएको छ ।
महोत्सव अवधिभर करिव ५१ लाख ५० हजार रुपैया अनुमानित आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ । आयोजकका अनुसार विज्ञापन तथा प्रायोजनवाट १ लाख ५० हाजर, मनोरञ्जन कर १ लाख, सवारी साधन तथा पार्किङ शुल्क ५० हजार, प्रचार प्रशार सामाग्री वितरण १ लाख ५० हजार, दातृ निकाय सरकारी तथा व्यवसायिक सस्था ७ लाख, स्टल भाडा १० लाख र टिकट विक्रिवाट ३० लाख आम्दानी हुने अनुमानित गरिएको छ ।
महोत्सव अवधिभर सि.सि.टीभीको व्यवस्था, टेलिफोन तथा इन्टरनेटको व्यवस्थाका साथै सुविधाहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै महोत्सव स्थल भित्र प्रवेशका लागि भिआइपी टिकट शुल्क १ हजार र महोत्सव प्रवेशका लागि प्रति टिकट मुल्य रु १ सय रुपैया रहेको छ । कहोत्सवका सहयोगि संस्था साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजना व्यवस्थापन इकाई नेपालगञ्ज र जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दैलेख रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *