सेनेटरी प्याड वितरण

मातृभूमी संवादाता । १ फागुन दैलेख
नारायण नगरपालिका दैलेखका तीनवटा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । नारायण नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई नगर प्रमुख रत्न बहादुर खड्का, वडा नं. ६ अध्यक्ष प्रकाश न्यौपाने, बहूक्षेत्रीय पोषण कार्यक्रमका कर्णाली प्रदेश संयोजक पवित्रा सापकोटा, स्वास्थ्य इकाई प्रमुख लाल बहादुर खड्का, शिक्षा, युवा तथा खेलकुद शाखा इकाई प्रमुख युगलनारायण बसेल, कार्यपालिका सदस्य मनकुमारी सुनार, पत्रकार लगाएतको टोलिले प्याड वितरण गरेको हो । किशोरी महिनावारी हुँदा विद्यालयमा नियमित नहुने समस्याको समाधान गर्नका लागी र विद्यालय नियमित जान प्रोत्साहन गर्नका लागी सेनेटरी प्याड वितरण गरीएको बहूक्षेत्रीय पोषण कार्यक्रमका कर्णाली प्रदेश संयोजक पवित्रा सापकोटाले बताईन् ।
सेनिटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहज हुने उनको भनाई रहेको थियो । महिनावारी हुँदा अपनाउनु पर्ने उपायका बारेमा जानकारी दिदै उनले छात्रा खुलेर बोल्ने, नियमित विद्यालय आउने बानीको बिकास हुनेमा आफु आशावादी रहेको संयोजक सापकोटाको भनाई रहेको थियो । कार्यक्रममा नगर प्रमुख रत्नबहादुर खड्काले महिनावारी हुँदा कुनै पनि छात्राले अनुपस्थित हुनु नपरोस् भनेर प्याड वितरण गरिएको बताए । नारायण नगरपालिकाले किशोर किशोरीका लागी जनचेतना मुलक सडक नाटक, सुनौला हजार दिनका आमाका लागी अन्तरक्रिया गर्दै आएको स्मरण गर्दै नगर प्रमुख खड्काले विद्यालयमा पनि सेनिटरी प्याडको व्यावस्था भएमा छात्रा विद्यार्थीको पढाईमा पनि बाधा नपुग्ने बताए । महिनावारी एउटा नियमित प्रक्रिया भएकाले छाउपडि र विद्यालयमा पनि समान सहभागीता होस् भनेर सेनिटरी प्याड वितरणको अवधारणा अघि सारेको प्रमुख खड्काको भनाई थियो ।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष प्रकाश न्यौपानेले सेनेटरी प्याडको व्यवस्था गर्नु राम्रो पक्ष भएको बताउँदै यस्ता कार्यक्रमलाई विद्यालयले निरन्तरता दिनुपर्ने बताए । पाठ्यक्रममा रजस्वला हुँदा अपनाउनुपर्ने उपायबारे सचेतना जगाउने खालको विषयवस्तु भएकाले छात्रालाई अध्ययन गर्न सक्ने वातावरण बनेको समेत उनको भनाई रहेको थियो । कार्यपालिका सदस्य मनकुमारी सुनारले सेनेटरी प्याड वितरण सानो देखिए पनि यसको सन्देश व्यापक हुने बताईन् । महिनावारी हुँदा देवता रिसाउँछन् भन्ने अन्धविश्वासी मान्यता अहिले पनि हावी रहेको वताउँदै सदस्य सुनारले महिनावारी हुँदा यसबाट महिला पीडित हुने उनको भनाई छ । महिनावारी प्राकृतिक नियम भएकाले यसबाट सुरक्षित हुन भन्दै उनले महिनावारीको बेला पोषिलो खानेकुरा खान सुझाव समेत दिएकी थिईन् । सेनेटरी प्याड विद्यालयमै उपलब्ध हुने भएपछि छात्रा खुसी देखिएका थिए भने महिनावारी भएका बेला नियमित स्कुल आउने समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *