दैलेख अस्पतालका स्वास्थ्यकर्मी गर्छन् सेवाग्राहीलाई नराम्रो व्यवहार

मातृभूमी संवादाता । १ फागुन दैलेख
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका स्वास्थ्यकर्मीहरुले सेवाग्राही सँग नराम्रो व्यवहार गर्ने गरेको पाईएको छ । स्वास्थ्यकर्मीले सेवाग्राही सँग झर्केर वोल्ने, रुखो वोल्ने, सेवाग्राहीलाई थर्काउने गरेको पाईएको हो । मंगलवार राति जिल्ला स्वास्थ्य कार्यालयको ईमरजेन्सी वार्डमा डिउटीमा रहेका स्वास्थ्यकर्मीले यस्तो नराम्रो व्यवहार गरेको सेवाग्राहीले वताएका छन् ।
एक सेवाग्राहीले नाम नछाप्ने सर्तमा हामीसँग भने ‘हामी दुई चार जना साथीहरु जिप दुर्घटना भएर एक जना भाईलाई जिल्ला स्वास्थ्यमा लगेर गएका थियौँ । डाक्टरसाव कति वेला आउनुहुन्छ । एक्सरे रिर्पाेट कति वेला हेर्नुहुन्छ भनेर सोधेको थिएँ तपाँईलाई किन चाहियो, जतिवेला आएपनि भनेर झर्केर कुरा गरेको वताए ।’ ति सेवाग्राहीले आफुले नम्र स्वभावमा सोध्दासोध्दै पनि डिउटीमा रहेकी पुष्पा भण्डारी भन्ने वहिनीले झर्कने, राम्रो सँग कुरा नगर्ने, थर्काउने र रिसाउने गरेको वताए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरन्जन पन्तले आफुले यसवारेमा सत्यतथ्य वुझेर वताउने वताए । उनले हामी सँग भने यसवारेमा के भएको रहेछ सत्यतथ्य वुझ्छु अनि भोलि कुरा गरौँला भन्ने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *