दैलेखमा पत्थर उद्योग स्थापना

मातृभूमी संवादाता । फागुन ७ दैलेख
पेशाले नेपाल प्रहरीको पेन्शन रिटायर । ४२ वर्षिय नारायण नगरपालिका ११ विन्ध्यावासीनीका हरीबहादुर विष्टले केहि महिना अगाडि एक व्यवसाय गर्ने सोच वनाए । तर केहि व्यवसायको लागि केहि महिना काठमाण्डौमा अध्यान अनुसन्धान पनि गरे ।
काठमाण्डौको अनुसन्धान पछि आफ्नो जिल्लामा पत्थर उद्योग स्थापना गर्ने सोच वनाए र केहि महिना अगाडि विन्ध्यावासीनी पत्थर उद्योग दर्ता पनि गरे । जिल्लामा राजिस्थानवाट आउने मार्वललाई चुनौती दिनका लागि आफुले दैलेखमा पहिलो पत्थर उद्योग स्थापनाको गरेको वताए ।
सानो लगानीवाट उद्योग स्थापना गरेका उनले मंगलवार एक कार्यक्रम गरी विन्ध्यावासीनी पत्थर उद्योगको उद्घाटन कार्यक्रम समेत गरे । हाल हाते मेशिनवाट आफ्नो उद्योग सञ्चालन गरेका उनले केहि दिन भित्रमै पेट्रोल मेशिन ल्याउने वताए ।
उद्योगलाई व्यवस्थित गरी जिल्ला लगाएत कर्णाली प्रदेशमै खपत हुने गरी आफुले पत्थर टायल उत्पादन गर्ने उद्यमी विष्टले वताए । ‘हामि भारतको राजिस्थानवाट चर्को मुल्यमा जिल्लामा मार्वल भित्र्याउन वाध्य छौ’ उद्यमी विष्टले भने, ‘दैलेखमै पहिलो विन्ध्यावासीनी पत्थर उद्योग सञ्चालनमा ल्याएका छौ, जिल्लामै गुणस्तरीय पत्थर टायल उत्पादन गर्छौ र त्यसमा जिल्लावासीको सहयोग चाहिन्छ ।’
अहिले नारायण नगरपालिकाको ११ विन्ध्यावासीनी र भगवतीमाइ गाउँपालिकाको वडाभैरका पत्थर खानीवाट कच्चा पर्दाथ प्रयोग गर्दे आएको उद्यमी विष्ट वताउँछन् । उपभोक्ताको मागको आधारमा आफुले अन्य स्थानहरुमा पनि पत्थर खानीको खोजी गरेको वताए । उद्यमी विष्टले अहिले ८ जना यूवाहरुलाई रोजगार समेत दिएका छन् ।
उद्योग स्थापनाका लागि उनले १ लाख ५० हाजर खर्च गरेका छन् भने केहि सामान ल्याउन १ लाख रुपैयाँ लागत लाग्ने वताए । यस पत्थर उद्योगले प्राकृतिक वस्तुलाई प्रशोधन गरी वजारमा खपत गर्ने र उत्खनन्का स्रोत साधनको व्यवस्थापन संगै वजारीकरण गर्ने लक्ष रहेको उद्यमी विष्टले वताए ।
उद्योग उद्घाटनमा वोल्दै नेकपा दैलेखका नेता मयााराम अधिकारीले पत्थर खानी जिल्लामा थुप्रै हुँदा पनि यसको सदुपयोग नभएको वेला पत्थर उद्योग स्थापना हुनु निकै सकरात्मक पक्ष भएको वताए । ‘हामि भारतको राजस्थानका मार्वल ढुंगा ल्याएर घर आगन टालिरहेका छौं’ नेता अधिकारीले भने, ‘यहा घर आगनका छेउमा रहेका पत्थर खानीहरु खेर गइरहेका छन् ।’
जिल्लाको साधन स्रोतको महत्वपूर्ण भनेको ढुंगा खानी भएको वताउँदै नेता अधिकारी यसको सदुपयोगका लागि उद्योगलाई सहयोग गर्न जरुरी रहेको वताए ।
उद्घाटन कार्यक्रममा वोल्दै नारायण नगर कार्यपालिका सदस्य मनकु्मारी सुनारले स्थानीय सरकारले उद्योग प्रवद्र्धनमा चासो दिनुपर्ने वताइन् । उद्योग उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा नारयण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले यस उद्योग वाट जिल्लामा वेरोजगारी यूवाहरुले रोजगार पाउने आशा गर्दै उद्योग सञ्चालनमा नगरवाट हुने सहयोग गर्न आफु तयार रहेको वताए ।
उद्योगलाई व्यवस्थीत गरी सञ्चालनमा ल्याउन आग्रह गर्दै नगर प्रमुख खड्काले आवश्यकता अनुसार नगरपालिकाले सहयोग गरी आगामि वर्षमा थुप्रै वेरोजगारी यूवाहरु रोजगार हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *