सूचना सजिलै पाउने आशा

मातृभूमी संवादाता । फागुन ७ दैलेख
नारायण नगरपालिकावाट अव सहज रुपमा सूचना पाउन सकिने सरोकारवालाहरुले आशा गरेका छन् । सार्वजनिक निकायले ३–३ महिनामा २० प्रकारका सूचना सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएअनुसार नगरपालिकाले आगामी दिनमा सो व्यवस्थालाई कार्यान्वयनमा लैजाने वताएपछि सूचना सहज रुपमा पाउने आशा गरीएको हो ।
नारायण नगरपालिकामा मंगलवार सुन्दर नेपाल संस्था, पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सुचना सार्वजनिक गर्ने सन्दर्भमा भएको छलफलमा नगरपालिकाका सूचना अधिकृत निरक रावलले विगतमा सुचना सार्वजनिक गर्ने विषयमा केहि कठिनाई भएपनि आगामी दिनमा सजिलै सूचना प्राप्त गर्ने वातावरण निर्माण हुने वताएका छन् ।
नीतिगत रुपमा सूचना सार्वजनिक गर्नेवारे भएको व्यवस्थालाई कार्यान्वयनमा लैजाने अभ्यास गर्दै आएको भएपनि प्रभावकारी नभएको वताउदै सूचना अधिकारी रावलले नगरपालिकाको वेवसाईटलाई व्यवस्थित गरी सवैमा सुचनाको पहुँच पु¥याउने प्रतिवद्धता गरेका थिए ।
सो कार्यक्रममा नगरपालिकाको वेवसाईटवाट खोजेअनुसार सूचना नपाउदा पटक पटक कार्यालयमै धाउनु परेको वाध्यता रहेको सहभागीले गुनासो गरेका थिए भने कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले आफैले पनि पटक पटक सूचना माग्दा नदिएको भन्दै आमनागरीकका लागि सूचना पाउन झन् कठिन भएको वताएका थिए ।
सूचना नपाएको कारण उजुरी गर्नुपर्ने अवस्था आउन दिन नहुने सुझाव दिदै सहभागी पत्रकारहरुले नगरपालिकाको वेवसाईटलाई तत्काल व्यवस्थित गरी दैनिकजसो सूचना अध्यावधिक गर्दा नियमित कामकारवाहीको जानकारी प्राप्त गर्न सकिने वताएका थिए ।
कार्यक्रममा नगरपालिकाको सूचना शाखाले हालसम्मको विवरण सार्वजनिक गर्दै १ हप्ताभित्र सो विवरण वेवसाईटमा हेर्न सकिने र समयअनुसार अध्यावधिक गर्दै लैजाने सहमती गर्दै प्रतिवद्धता गरेको छ । सरकारी निकायले स्वतः प्रकाशन गर्नुपर्ने विवरण सम्वन्धी निर्देशिका २०७१ अनुसार २० प्रकारका सुचना सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *