सरस्वती माविको नयाँ भवन उद्घाटन
मातृभूमी संवादाता । १० फागुन दैलेख
सरस्वती मावि तर्ताङ्गको ४ कोठे भवन उद्घाटन तथा शैक्षिक मेला कार्यक्रम गरिएको छ । उद्घाटन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य अमरवहादुर थापाले सरस्वती माविले शिक्षा क्षेत्रमा छोटो समयमा उल्लेखनीय कार्य गरेको वताउँदै दैलेख जिल्लाकै एकमात्र ३ वटा प्राविधिक कार्यक्रम सञ्चालन गरेको वताए ।
उनले विद्यालयलाई नमुना वनाउन आफु लागी पर्ने वताए । कार्यक्रममा विद्यालयमा रहेको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य र प्राविधिक धारतर्फ सहयोग गर्ने शिक्षक र सहयोगीहरुलाई सम्मान पनि गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक जिवराज तिमिल्सेनाले विद्यालयमा नयाँ सेवा सुविधा सिसि क्यामेरा जडान लगाएतका अन्य कार्य गरेको वताउँदै सहयोग गर्ने सम्पुर्णप्रति कृतज्ञता व्यक्त गरे । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख खगेन्द्रवहादुर मल्ल, जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष वालकृष्ण के.सी., श्रोतव्यक्ति हिमालयजंग शाह, नेकपाका नेता उपेन्द्र रावत (शुसिल) नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्णवहादुर थापा लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।

विद्यालयको ४ कोठे भवन जिल्ला शिक्षा कार्यालय दैलेखको आर्थिक वर्ष २०७४÷०७५ को अनुदानमा निर्माण गरिएको हो । भवन अत्याधिक राम्रो भएको सहभागीहरुको भनाई रहेको थियो । भवन निर्माण पश्चात पठनपाठनमा सहजता हुने विद्यालयका सहायक प्रअ लोकेन्द्र जि.सि. (कुमार) वताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपालवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।