छाेरी हत्याकाे ठहर गर्दै अामालार्इ २० वर्ष जेल सजाएकाे फैसला

मातृभूमी संवादाता । १२ फागुन दैलेख

आफैले जन्माएकी छोरीलाई आठ महिना अघि बिष खुवाई हत्या गरेको घटनाकी आरोपित आमालाई दैलेख जिल्ला अदालतले आज २० वर्ष जन्मकैद फैसला गरेको छ । महाबु गाउँपालिका–४ काशिकाँधकी २९ वर्षीया जौकला भनिने शर्मिला बुढाले ९ वर्षीया छोरी भावना बुढाको हत्या गरेको ठहर गर्दै दैलेख जिल्ला अदालतले सो सजायकाे फैसला गरेको हो ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासबाट फैसला भएको दैलेख जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिए । असार ९ गते घरमा विहानको खाजा भनी दिइएको चाउमीनमा बिष घोलेर खुवाएको कारण छोरी भावना बुढालाई उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा मृत्यू भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *