विवाद समाधानसँगै काम धमाधम सुरु

मातृभूमी संवादाता । ११ फागुन दैलेख
ठाँटिकाँध गाउँपालिकाले निर्माण गर्न लागेका र निर्माण गरिरहेका सडकको विवाद समाधान भएसँगै धमाधम काम भैरहेको छ । गाउँपालिकाका विभिन्न वडा र गाउँ जोड्ने सडक निर्माणका क्रममा विवाद हुँदै आएको थियो ।
शुक्रवार गाउँपालिकामा स्थानीयवासीसँग भएको छलफलवाट विवाद समाधान भएको वताईएको छ । असन्तुष्ट स्थानीयवासीहरुसँगको छलफलका क्रममा सबै सहमत भएपछि उक्त विवादले समाधानको रूप लिएको हो ।
लामो समय सम्म पनि असन्तुष्ट पक्ष सडक निर्माणका लागी सहमत नहँुदा सडक निर्माणको काम अघि वढ्न सकेको थिएन । गाउँपालिकाले निर्माण गर्न लागेका ठाँटिकाँध–विजारे–धन्कोट सडक, मटेला–अम्लीगाड–माझा–गैरागाउँ सडक खण्ड निर्माणका क्रममा विवादित भएको थियो ।
यस्तै संघिय सरकारले निर्माण गर्न लागेको ठाँटिकाँध गाउँपालिका वडा नं. ५ र ६ लाई जोड्ने सडकमा पनि विवाद भएको थियो । यस सडकको पनि विवाद समाधान भएसँगै समिति गठन गरी काम तत्काल सुरु गर्ने वडा नं. ६ का अध्यक्ष मनवहादुर सिजापतिले वताए ।
वडा नं. ५ र ६ लाई जोड्ने सडक निर्माणका लागी संघिय सरकारले रु. १७ लाख वजेट विनियोजन गरेको थियो । यता ठाँटिकाँध–विजारे–धन्कोट हुँदै कालिकोट जोड्ने सडक निर्माणका लागी र मटेला–अम्लीगाड–माझा–गैरागाउँ सडक निर्माणका लागी गाउँपालिकाले रु. ८०÷८० लाख रकम विनियोजन गरेको थियो ।
ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाहीले गाउँपालिकामा निर्माण हुन लागेका र भैरहेका सडकमा विवाद नभई स्थानीवासिन्दाले आफ्ना माग गाउँपालिकामा राखेकाले आफुहरुले यसलाई सुझावको रुपमा लिएको वताए । उनले स्थानीय जनताले हामीलाई यसरी अगाडी वढ्दा राम्रो हुन्छ भनेर सुझाव दिएको र ति सुझावहरु आफुहरुले सहजरुपमा ग्रहण गरेको वताए ।
अध्यक्ष शाहीले काम गर्दै जाँदा कहिकतै कमीकमजोरी हुने वताउँदै त्यस्ता कमीकमजोरीवाट पाठ सिकेर अगाडी वढिरहेको वताए । गाउँपालिकालाई समृद्ध वनाउन सम्पुर्ण वडाका अध्यक्ष, सदस्य, कार्यपालिकाका सदस्य लगाएत कर्मचारीहरुले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष शाहीको भनाई रहेको छ ।
विवाद समाधान भएसँगै सडक निर्माणको काम धमाधम भैरहेको ठाँटिकाँध गाउँपालिका वडा नं. २ का अध्यक्ष रुपलाल विश्वकर्माले जानकारी दिए । उनले भने ‘यसलाई विवाद नै नभनीहालौ स्थानीय जनताका माग हुन् ति मागको गाउँपालिकाले सम्वोधन ग¥यो अनि समाधानको वाटो अपनाईयो । अव छिट्टै गैरागाउ सम्म मोटरवाटो पु¥याउने लक्ष्य रहेको छ ।’
ठाँटिकाँध गाउँपालिका वडा नं. ४ का अध्यक्ष रमेश सिजापतिले विवाद समाधान भएसँगै आफ्नो वडाका विभिन्न गाउँमा मोटरवाटो छिट्टै पुग्ने आशा व्यक्त गरे । उनले विवाद समाधानका लागी हरसम्भव प्रयास गरेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *