दैलेख महोत्सवको तयारी तिव्र
मातृभूमी संवादाता । ११ फागुन दैलेख
दैलेखमा यहि फागुन २२ गते देखी चैत्र २ गते सम्म हुन लागेको कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन र औधोगिक व्यापार मेला दैलेख महोत्सवको तयारी तिव्र गतिमा भैरहेको छ ।
दैलेख उद्योग वाणिज्य संघ दैलेख र नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको संयूक्त आयोजनामा हुन लागेको दैलेख महोत्सव २०७५ को तयारी तिव्र गतिमा भैरहेको छ ।
कृषि पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रचार प्रशार तथा प्रर्वद्धन गर्ने उद्दश्येका साथ महोत्सव गर्न लागिएको भन्दै प्रचारप्रसार सँगै अन्य काम पनि तिव्र गतिमा भैरहेको उद्योग वाणिज्य संघ दैलेखका महासचिव राजेशकुमार हमालले वताए । उनले भने ‘जिल्लाको पर्यटन प्रर्वद्धन तथा प्रचारप्रशार गर्दै जिल्लाको औधोगिक व्यापारमा टेवा पु¥याउन यस महोत्सवले सहयोग गर्ने
छ ।’
महासचिव हमालले यहि फागुन २२ देखि चैत्र २ गते सम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका ११ वटै स्थानीय तहको साँस्कृतिक झलकहरु, स्थानीय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनुका साथै स्थानीय उद्यमीले उत्पादन गरेको कृषिजन्य बस्तु प्रदर्शनीमा राखिने वताए ।
धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रशारका माध्ययमवाट आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनुका साथै दैलेखको पर्यटकिय क्षेत्रलाई देशव्यापी रुपमा चिनाउन महोत्सवको आयोजना गरिएको महासचिव हमालले वताए । ‘स्थानीय परमपरागत सिप कला र संस्कृतिको विकास गरी धार्मिक सांस्कृतिक एवं ऐतिहाँसिक क्षेत्रलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउन महोत्सवको महत्वपूर्ण भूमिका रहने छ’ महासचिव हमालले भने, ‘जिल्लामा थुपै्र पर्यटकिय सम्भावना वोकेका क्षेत्र तथा स्थलको पनि यसै माध्ययमवाट विकास हुने समेत अपेक्षा छ ।’
अहिले महोत्सवको प्रचारप्रसारका साथै टिकट छपाई, टेन्ट तथा साउण्ड सिस्टमका लागी आवश्यक परामर्श भैरहेको र अवको केहि दिनमा काँडाचौर घेरवारको काम पनि सुरु हुने दैलेख उद्योग वाणिज्य संघले जनाएको छ ।
राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरु सँग सम्झौता गरिरहेको र अहिले सम्म झण्डै एक दर्जन वढि कलाकारसँग एग्रीमेन्ट भैसकेको छ । यसै गरी विभिन्न ठाउँमा प्रचापम्पलेट टाँस्नुका साथै फ्लेक्स व्यानरहरु विभिन्न ठाउँमा राख्ने काम भैरहेको र राखिरहेको संघले जनाएको छ ।