गजल

लेखक-मणिकुमार रिमाल

कसैका बा बसाई सर्दैछन् मेरै खतराले मात्र ।
वुझ्दैछु शत्रुता वढ्दो रहेनछ झगडाले मात्र ।।

चरी संसार डुलेर खाना वटुली रहन्छिन ।
आफुलाई वचाउँन सक्दैन बचेराले मात्र ।।

पृथ्वी गोलो छ वारवार भन्दै आएको छु ।
त्यसैले त सक्दैन राज गर्न अँधेराले मात्र ।।

केवल आडम्वर देख्छु सुकिलामुकिलामा ।
देखिदैन मान्छेको सभ्यता कपडाले मात्र ।।

किन जेल चलान गर्छौ दिल चोरी लानेलाई ।
मन वदल्न त सक्दैन नि कठ्घराले मात्र ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *