नयाँ सहर आयोजना कछुवा गतिमा

मातृभूमी संवादाता । फागुन १३ दैलेख
साउन लागेयता नयाँ शहर विकास आयोजना राकमकर्णालीमा कुनै पनि काम हुन सकेको छैन् । गत वर्षका कामहरु पनि अधुरै छन् । जो क्रमागत रुपमा कामहरु भैरहेका छन् । अहिले पनि नयाँ शहरको प्रगती शुल्य देखीएको छ । पुराना काम बाहेक नयाँ शहर योजना राकममा सिन्को पनि भाँचिएको छैन् । कहिले कार्यालय प्रमुख जिल्ला बाहिर हुने, कहिले कार्यालय प्रमुख विहिन हुने भएकाले वर्षेनी आयोजनाको रकम फ्रिज भएर जाने गरेको छ ।
तत्कालिन कार्यालय प्रमुख सञ्जीव साहले नयाँ शहरका लागि आएको बजेट कायान्वयन नगर्दा कामहरु हुन नसकेको स्थानीय गणेश माझीले बताए । ‘नयाँ शहरका लागि आएको बजेटको टेण्डर नहुँदा काम भएन ।’ स्थानीय माँझीले भने, ‘वर्षेनी यहाँ आएको बजेट फ्रिज गयो । प्रगती देखीएन ।’
भर्खरै सरुवा भएका आएका आयोजनाका कार्यालय प्रमुख जगदिश लामेछानेले नयाँ कामहरु नभएको बताए । ‘केहि दिन भित्र काम गर्ने गरि तयारी गरिएको छ ।’ आयोजना प्रमुख लामेछानेले भने ‘मुल्याकंन र सम्झौता गर्ने तयारीमा छौं ।’ नयाँ शहरमा सडक, प्रतिक्षालय, सौर्य बत्ति, मसानघाट लगायतका पुराना संरचनाहरु बनेका छन् । नयाँ योजनाहरुको काम हुन नसक्दा स्थानीयहरु चिन्तित छन् । पुराना संरचना पनि गुणस्तरहिन भएको स्थानीयको आरोप छ । कर्मचारीको लापरबाहीका कारण आयोजनाको कामले गति लिन नसकेको स्थानीयको आरोप छ ।
जग्गा विवादका कारण लामो समय सम्म आएको बजेट फिर्ता भएको र सहमती भईसक्दा पनि लामो समयदेखि काम प्रभावित छ । डेढ महिना सम्म आयोजना प्रमुख विहीन रहेको थियो । अहिले नयाँ प्रमुखका रुपमा लामेछाने आएका हुन् । मन्त्रालयले लामेछानेलाई तिन स्थानमा काम गर्ने गरि जिम्मेवारी दिएको छ । नयाँ शहर आयोजना चौरजहारी रुकुम, भवन तथा नयाँ शहर आयोजना सुर्खेत र नयाँ शहर आयोजना दैलेखमा काम गर्ने गरि लामेछानेलाई जिम्मेवारी दिईएको जनाईएको छ । ‘मलाई तिन स्थान हेर्ने गरि काम दिईएको छ ।’
आयोजना प्रमुख लामेछानेले भने, क्रमश सवै योजनाको काम गरिरहेको छु ।’
आयोजनाले चार वर्षअघि दैलेखमा कार्यालय स्थापना गरेको होरु। कर्मचारी अभाव रहेको छ । करारमा रहेका कर्मचारीको पनि म्याद सकिएको छ । आयोजनाको काममा कर्मचारीले ध्यान नदिँदा योजनाको जिम्मा लगेका कम्पनीले समेत काममा ढिलाइ गरिरहेको स्थानीय नैनबहादुर शाहीले बताए ।
सरकारले मध्य पहाडी राजमार्गमा १० नयाँ सहर बनाउने घोषणा गरिएको मध्ये राकमकर्णाली पनि एक हो । सहरी विकासका लागि ९९ कित्ताको १ सय ३७ रोपनी जग्गा अधिग्रहण प्रक्रिया मुआब्जा विवादकै कारण रोकिएको हो । मनलाग्दी रुपमा स्थानीयबासीसँग समन्वय नै नगरी जथाभावी ढंगले सडक निर्माण गरिएको आयोजनालाई आरोप छ ।
त्यस्तै आयोजनाले उज्यालो सहर कार्यक्रम अन्र्तगत पहुँच भएकालाई मात्र सौर्य ऊर्जा वितरण भएको आरोप स्थानीयले लगाएका छन् । आयोजनाले समस्या समाधानका लागि स्थानीयसंगको सहकार्यमा राकमकर्णाली स्थित बगरखेतमा ल्यान्ड पोलिङको जिम्मा लिएको मैत्री कन्सल्टटेन्सीले काम सकेको छ ।