दैलेख–नौमूले सडकमा करोडौँ खर्च, हालत उस्तै

खुर्सानीवारी नाैमूले सडक खण्ड अन्तरगत पर्ने खुर्सानीवारी तामे खाेला विचकाे सडक । तस्वीर फाइल

मातृभूमी संवादाता । १३ फागुन दैलेख
वि.सं. २०५७/०५८ सालमा टूयाक खुलेको दैलेख-नौमूले सडक खण्डको स्तरउन्नती हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । दैलेख-नौमूले सडक खण्डको खुलेको १७/१८ वर्ष पुगि सक्दा पनि स्तरउन्नती नहुँदा यात्रुले सँधै सास्ती व्यहोर्नुपरेको छ । सडक खण्डको विच-विचमा हिलो, धुलो अनि साघुरो सडकको यात्रामा नागरिकहरुले सास्ती वेहोर्नु परेको हो । तर यात्रामा सास्ती मात्रै हैन जोखिम समेत वढ्दै गएको छ ।
स्थानीय तह निर्माणसंगै नौमूले गाउँपालिकाले गाउँपालिकाको सिमाना तामे खोलादेखि नौमूले सडकको स्तोरन्नती गरिसकेको छ भने नारायण नगरपालिकाको सदरमुकाम देखि तामे खोलासम्मको सडक खण्डको स्तरउन्नतीका लागी कर्णाली प्रदेश सरकारले यो एक करोड रुपैयाँ वजेट विनियोजन गरेको छ । वर्षायाम तथा हिउँदमा समेत दैलेख तामे सडक खण्ड हिलाम्मे वन्दा दैलेख तामे सडकको यात्रा जोखिम र कष्टपूर्ण बन्ने गरेको नौमूलेका एक स्थानीय वताउँछन् ।
सदरमुकाम दैलेख वजारवाट करिव १९ किलोमीटरको दुरीमा नौमूले गाउँपालिकाको नौमूले वजार पुगिन्छ । तर दैलेख सदरमुकामदेखि तामे खोला अर्थात नौमूले गाउँपालिका सिमा क्षेत्र सम्म हिलो तथा साघुरो सडक यात्राले यात्रुको विजोग हुने गरेको नौमूलेका स्थानीयवासी कर्ण तारामी वताउँछन् । ‘तामे दैलेख सडक पानी परे पनि नपरे पनि सधै हिलाम्मे हुन्छ’ स्थानीय तारामीले भने, ‘वाह्रै महिना यो सडक हिलाम्मे र धुलाम्मे हुन्छ, पानी परेपछि हिड्नै डर हुन्छ गाडि फसेर कतिवेला कहाँ दुर्घटना हुने हो ।’
सडक निर्माण भएको वर्षौ वित्दा समेत सडकको स्तरबृद्धि हुन नसक्दा यात्रुहरुले सँधै सास्ती खेप्नु परेको नौमूले गाउँपालिका ३ द्धारीका स्थानीय शशिराम रोका वताउँछन् । ‘सडक निर्माण भएको वर्षौँ वित्दा पनि यात्रुले ढुक्क संग यात्रा गर्न पाएका छैनन्’ स्थानीय रोकाले भने, ‘कालोपत्रे भैसक्नुपर्ने सडक अझै उस्तै छ, सवारी साधनमा यात्रा गर्न सँधै डराउनुपर्छ ।’ नेताहरुले पहल गर्न नसक्दा सडकको स्तरवृद्धि हुन नसकेको उनको गुनासो छ ।
नारायण नगरपालिका दैलेखका मेयर रत्नवहादुर खड्काले अव छिट्टै नारायण नगरपालिकाको सदरमुकाम देखी तामे खोला सम्म ग्राभेल गरिने वताए । उनले भने ‘कर्णाली प्रदेश सरकारले एक करोड वजेट विनियोजन गरेको छ, यसको कार्यान्वयन छिट्टै हुन्छ ।’
जिल्ला समन्वय समितिका योजना अधिकृत पदम सापकोटाले २०५७/०५८ सालमा टूयाक खोलेदेखी वर्षेनी रकम खर्च भैरहेको वताए । अधिकृत सापकोटाले वर्षेनी गरेर अहिले सम्म ५/७ करोड रकम खर्च भैसकेकाे वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *