गजल

लेखक-मणिकुमार रिमाल

मरू कि वाँचु तुरून्तै विचार देउ तिम्रो ।
बचाउँने नै भए मलाइ संसार देउ तिम्रो ।।

यस दुनियाँमा एक्लो कोहि रहन सक्दैन ।
तिम्रो म छु मलाई पनि आधार देउ तिम्रो ।।

यो शरीरमा त्यो शरीर विलिन् गराउँनु छ ।
टुक्रा होईन सिझ्गो आकार देउ तिम्रो ।।

आज जसरी दिन्छ्यौ समर्थन र सहयोग ।
एक दिनलाई होईन लगातार देउ तिम्रो ।।

यो मनले यो मस्तिष्कले छिनमै विर्सन्छ ।
अब आँखामा राख्छु अनुहार देउ तिम्रो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *