गजल
लेखक-मणिकुमार रिमाल
चल्न कतै सक्दिन तिम्रो आभास विना ।
जसरी पानीजहाज चल्दैन कम्पास विना ।।
तिमी धर्ति भए देखि म आकास हुँ ।
धर्ति कसरी अडिएला आकास विना ।।
तिम्रो वारे कसैले हावा फैलायो भन्यौ ।
बाँच्नै सकिन्न यहाँ हावा र वतास विना ।।
तिम्रो हुन छातीमा दुईवटा रौं हुनुपर्छ रे ।
म पनि कहाँ बाँचेको छु र सहास विना ।।
धेरै रक्तपात हुन सक्छ यिनै हातबाट ।
स्विकार गर मेरै हुनलाई विनास विना ।।