दैलेख आईडल सिजन २ हुँदै
मातृभूमी संवादाता । १४ फागुन दैलेख
दैलेख आईडल सिजन–२ सञ्चालन हुने भएको छ । ‘दैलेख र दैलेखीको शान, गायन प्रतिभाको खोजी अभियान’ भन्ने मुल नाराका साथ दैलेख आईडल सिजन–२ सञ्चालन हुन लागेको हो ।
गायन क्षेत्रमा रुची राख्नेहरु र गायन पेशालाई नै आफ्नो पेशा वनाउनेहरुका लागी यो स्वर्णिम अवसर भएको रेडियो धु्रवतारा सामुदायिक एफ.एम. दैलेखका स्टेशन म्यानेजर चक्र के.सी.ले जानकारी दिए । उनले विगतका वर्षहरुमा पनि रेडियोले पश्चिम नेपाल सिंङगिङ स्टार, दैलेख आईडल लगाएतका कार्यक्रम मार्फत नव प्रतिभाको खोजि गर्दै आएको र फेरी पनि कुशल गायक गायिका छानेर देशभरी नै चिनाउने उद्देश्यले सिजन–२ को सुरुवात गर्न लागेको वताए ।
दैलेख आईडल सिजन–२ मा भाग लिन चाहने गायक गायिकाले रेडियोको कार्यालयमा आएर फारम भर्न सक्ने दैलेख आईडलका संयोजक अभिषेक अनुरागले वताए । उनले दैलेख आईडल सिजन–२ गायक गायिकाहरुका लागी एउटा महत्वपुर्ण प्लेटफर्म भएको वताए ।
रेडियोले आयोजना गरेको पश्चिम नेपाल सिंङगिंङ स्टारको ताज दैलेखको नारायण नगरपालिकाकी कल्पना थापाले पहिरेकी थिईन् । यस्तै दैलेख आईडलको ताज भनै नौमूले गाउँपालिका ७ सल्लेरीका रुपेश चन्दले पहिरेका थिए ।
सिंङगिंङ स्टार थापाका थुप्रै आधुनिक गित, संगित वजारमा आईसकेका छन् भने दैलेख आईडल चन्दले पनि विभिन्न गित वजारमा ल्याई सकेका छन् । दैलेख आईडल चन्दले गाएको ‘गौथली तम्रा हातमा चुरा लगाउने मन छनी’ वोलको गित निकै चर्चामा रहेको छ ।