गाडिकाे साटाे स्थानीयलाइ एम्वुलेन्स सेवा

दैलेखकाे चामुण्डाविन्द्रासैनी नगरपालिकाले सञ्चालन गरेकाे एम्वुलेन्स । तस्विर मातृभूमी

मातृभूमी संवादाता । १५ फागुन दैलेख
स्थानिय तहमा आफ्ना लागी सुविधा सम्पन्न गाडी खरीद गर्ने जनप्रतिनिधीवीच होडवाजी चलिरहेको वेला चामुण्डाविन्द्रासैनी नगरपालिकाले भने गाडी खरिद गर्ने रकमले एम्वुलेन्स खरिद गरी सेवा दिदै आएको छ ।
स्थानिय जनतालाई स्वास्थ्य सेवामा सरल पहुँच पु¥याउने उदेश्यले सो नगरपालिकाले गाडी खरिद गर्ने रकमले एम्वुलेन्स खरिद गरी सेवा दिन थालेको हो । जिल्लामा रहेका ११ वटा तहमध्ये अरु सवैले सुविधा सम्पन्न गाडी खरिद गर्नु अगावै सो नगरपालिका एम्वुलेन्स सेवा संचालन गरेको हो ।
नगरपालिकाले गत वैशाख महिनामै एम्वुलेन्स खरिद गरेको हो । सो नगरपालिकाका प्रमुख सुर्यवहादुर शाहीले जनप्रतिनिधीका लागि गाडी सुविधा भन्दा एम्वुलेन्स खरिद गरेपछि उनी जिल्लाकै उदाहरणिय जनप्रतिनिधी वनेका छन् ।
स्वास्थ्य सेवाको अभावका कारण स्थानिय अधिकांश विरामीले दुःख व्यहोर्नु परेको अवस्था भएका कारण जनप्रतिनिधी हुनासाथ प्राथमिकतामा एम्वुलेन्स खरिद गरीएको नगर प्रमुख शाहीले वताएका छन् । ‘निर्वाचित हुनुअघि एम्वुलेन्स सेवा संचालन गर्ने प्रतिवद्धता गरेको थिए, उनले भने, ‘निर्वाचित भएपछि आफुले गरेको वाचा पुरा गरी जनतालाई सेवा दिन पाएको छु ।’
नगरपालिकाले एम्वुलेन्स संचालन कार्यविधी निर्माण गरी न्यूनतम दरमा आवश्यकता अनुसार सदरमुकाम र वाहिर जिल्लासम्म विरामी पु¥याउने गरेको छ ।
सो एम्वुलेन्सले सो नगरपालिका क्षेत्रमा मात्र नभई नजिकै रहेका दुल्लु नगरपालिका र ठाँटीकाध गाउँपालिकाका विरामीहरुलाई पनि सेवा पु¥याएको वुझिएको छ ।
सदरमुकामदेखि पश्चिममा रहेको विकट सो नगरपालिकामा स्थानिय महिलाहरुले समयमै स्वास्थ्य सेवा नपाएर विगतमा प्रसुती अवस्थाको वेला जोखिममा पर्ने गरेको साथै छाउपडीका कारण ज्यान गुमाउनु परेको थियो ।
जनप्रतिनिधीले गाडीको साटो एम्वुलेन्स खरिद गरी सेवा संचालनमा ल्याएपछि अहिले स्थानिय खुशी भएका छन् । एम्वुलेन्सले विशेष गरी प्रसुती अवस्थामा स्थानिय महिलाहरुले समयमै स्वास्थ्य संस्थामा पुग्न नपाएर व्यहोर्नुपर्ने जोखिम कम गरेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *