ट्वीटरका मालिक ज्याकले इन्कार गरे भारतीय संसदको निम्तो

एजेन्सी ।

भारतमा सूचना तथा प्रविधि सम्बन्धी संसदीय समितिले ट्वीटरका सिईओ ज्याक डोर्सेलाई संसदमा उपस्थित हुन बोलाएकोमा ज्याकले यस्तो आग्रह अस्वीकार गरिदिएका छन् । बरु ट्वीटरले उनको सट्टा कम्पनीका ‘पब्लिक पोलिसी’प्रमुख कोलिन क्रोवेललाई पठाउने निर्णय गरेको थियो ।

संसदीय समितिले भने कनिष्ठ अधिकारीलाई अस्वीकार गर्दै मालिक ज्याकलाई नै फेब्रुअरी २५ अघिसम्म भारतमा बोलाएको हो । नागरिकका डाटाको गोपनियताबारे चासो उठिरहेकोमा तिनलाई कसरी सरक्षित गर्ने तथा आगामी चुनावको बेला त्यसलाई प्रभावित पार्ने गरी सोसल मिडियाको दुरुपयोग हुनसक्ने बारे छलफलका लागि संसदमा उनलाई बोलाइएको थियो ।

ज्याकले भने ‘ट्वीटरको धारणा बुझ्न हामीलाई निमन्त्रणा गरेकोमा संसदीय समितिलाई धन्यवाद’ भन्दै संसदमै उपस्थित हुन नसक्ने जवाफ पठाएका हुन् ।

यद्यपि ट्वीटरलाई राजनीतिक पूर्वाग्रह राखेको तथा डाटा दुरुपयोग गरेको आरोप लाग्दैआएको छ । भारतकै संसदमा समेत यसबारे प्रश्न उठेको थियो । तर ट्वीटरले राजनीतिक आदर्शमा आफूहरु कहिल्यै पूर्वाग्रहरी नहुने प्रतिवद्धता जाहेर गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *