रवीन्द्र अधिकारीको राजनीतिक यात्राः अध्यक्ष देखि पर्यटन मन्त्रीसम्म

मातृभूमी संवादाता । १६ फागुन काठमाण्डाै

पर्यटनमन्त्री रविन्द्र अधिकारीको असामयिक निधन भएको छ । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको ईकाई सभापतिदेखि पर्यटन मन्त्रीसम्म बनेका मन्त्री अधिकारी एक प्रतिवद्ध विकासप्रेमी युवा नेता थिए ।

रविन्द्र अधिकारीको जन्म २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरी–जामुनाबोटमा भएको थियो । आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाऊँकै विद्यालयबाट पूरा गरेका थिए ।

सानैदेखि राजनीतिक गतिविधिमा रुची राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबहरुमा संलग्न भए । अधिकारी २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुँदै २०५६ सालमा अनेरास्वबियुको केन्द्रीय अध्यक्ष बनेका थिए ।

ब्यबस्थापनमा स्नातकोत्तर गरेका अधिकारी पञ्चायतकाल तथा २०४६ को आन्दोलनमा गरी ६ महीना जेल र हिरासतमा परेका थिए । वि.स.२०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु अध्यक्ष बनेका थिए ।

वि.स. २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कांस्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा उनले खेलेको भूमिका प्रशंसनीय मानिन्छ ।

अधिकारी २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । संसदमा लगातार तेश्रो पटक निर्वाचित अधिकारी पछिल्लो समय पर्यटन तथा नागरिक उडड्यन मन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *