रिमालका दुइ गजल
लेखक-मणिकुमार रिमाल
(१)
मेरो हुन नसके पनि उनको मातहत रहनु ।।
जहाँ रहे पनि खुसी तँ सहि सलामत रहनु ।।
बर्षौ देखि खोजिरहेको छु तर भेट्नै सकिन ।
कहिलेसम्म छ खै यो खराव वखत रहनु ।।
सच्चा वनेको मान्छेमा सायद यै हाल हुन्छ ।
मेरा गुरूले कहिलै पनि भनेनन् गलत रहनु ।।
जहिले जुधिरहनु छ चिन्तासँग सन्तापसँग ।
सकियो अव हुन पनि कति ताकत रहनु ।।
मरेकाटे सुहाउँने छैन अव म उल्लाससँग ।
चाहियो जीवनको शेष सम्मै आपत रहनु ।।
(२)
जीवनभर माया गर्यौ पुरा देखियो ।।
गलामा पोते हातमा चुरा देखियो ।।
ईशारामा वोलाए झैं आँखाले गरेपछि ।
जाँदा नजिक हातमा छुरा देखियो ।।
उनी अर्कैकी वनिसकिन् हेर्दा हेर्दै ।
तर पनि हुनेवाला ससुरा देखियो ।।
किन आउँछन् यादहरू जन्जिर बनेर ।
सपना जति देखियो अधुरा देखियो ।।