ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मृतकको स्मृतिमा दैलेखमा शोकसभा

मातृभूमी संवादाता । १६ फागुन दैलेख
वुधवार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको स्मृतिमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले शोक वक्तव्य जारी गर्दै शोक सभा गरिएको । शोकसभामा वोल्दै नगरप्रमुख शाहिले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी सहित पर्यटन उद्यमी यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधनको खवरले मर्माहत वनाएको वताएका ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख शाहीले वुधवार दिउँसो भएको अकल्पनीय, अप्रत्यासित र दुःखद दुर्घटनाका कारण देश र जनताप्रति समर्पित योग्य जननेताको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको वताए । उनले नीजि क्षेत्रवाट मुलुकको विकासमा समर्पित उद्यमी, राष्ट्रसेवक कर्मचारी तथा हेलीकप्टर चालकलाई गुमाउनु परेको भन्दै ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।
यसैबीच विहिवार नगरपालिकामा भएको शोकसभामा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासिन्दाले स्वः मन्त्री रविन्द्र अधिकारीको फोटोमा अविर र माला अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *