मध्यपहाडि लाेकमार्गकाे काम द्रुत गतिमा

मातृभूमी संवादाता । १९ फागुन दैलेख
दैलेख सडक खण्ड अन्तर्गत रहेको पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण कार्यले तिव्रता पाएको छ ।
पुर्व जाजरकोटदेखि पश्चिम अछामसम्म गरी जम्मा १ सय २६ किलोमिटर दुरी मध्ये निर्माणाधिन सो राजमार्गको ५१ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने कार्य शुरु भईसकेको छ भने बाँकी ७५ किलोमिटरको यहि आर्थिक वर्षमा टेण्डर गरी कालोपत्रे शुरु गरीने वुझिएको छ ।
कालोपत्रेका लागि ७५ किलोमिटर सडक खण्डको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भैरहेको र सो कार्य सकिए लगत्तै कालोपत्रेका लागि टेण्डर आह्वान गरीने मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले जानकारी दिएको छ ।
मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख नारायणप्रसाद निहुरेले आगामी २०७७ वैशाखसम्म जिल्ला भित्रको १ सय २६ किमी सडक कालोपत्रे गरी सक्ने लक्ष्य लिएर काम अगाडी वढेको वताएका छन् ।
उनले दैलेख सडक खण्डमा कतैपनि विवाद नदेखिएको हुँदा कामले तिव्रता पाएको दावी गरेका छन् ।
हाल १० देखि १५ मिटरसम्म सडक चौडाई गरीएको र विवादित भनिएको दैलेख सदरमुकामको क्षेत्रको पनि टुंगो लागिसकेको सो कार्यालयका ईन्जिनियर तुलाराम शर्माले जानकारी दिए ।
उनले सदरमुकामको कांडेचौर छिचोलेर सडक अगाडी जोड्ने लगभग पक्का भई डिपिआर कार्य सुचारु भैरहेको पनि वताएका छन् । नारायण नगरपालिका–७ किमुगाउँका स्थानीयवासी नमराज थापाले सदरमुकाम भएर राजमार्ग निर्माण हुने भएपछि स्थानियहरु खुशी भएको वताए ।
पछिल्लो समय सदरमुकाममा चहलपहल कम हुँदा व्यापार व्यवसाय पनि खस्किदै गएको वताउँदै स्थानीयवासी थापाले राजमार्गसँगै दैलेख सदरमुकामको भविष्य पनि जोडिएको वताए ।
मुआव्जाका विषयमा विवाद भैरहदा सदरमुकाम छिचोलेर जाने सो राजमार्ग निर्माणमा विगतमा स्थानियवाट अवरोध भएपछि निर्माण कार्यले तिव्रता पाउन सकेको थिएन ।
राजमार्गले दैलेख खण्डको भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र आठबीस नगरपालिका हुँदै अछामलाई जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *