कर्णाली प्रदेशकाे हिउँदे अधिवेशनकाे दाेस्राे वैठकमा विभिन्न विधयेक टेवुल
मातृभूमी संवादाता । १९ फागुन सुर्खेत
कर्णाली प्रदेश संसदको तेस्रो अबिधेशनको दोस्रो बैठकबाट प्राङगारिक कृषि सम्बन्धी बिधेयक २०७५ सदनमा टेबुल भएको छ ।
कर्णाली प्रदेश सरकारको हिउदे अबिधेशनको दोस्रो बैठकमा उक्त बिधेयक टेबुल भएको हो । साथै कर्णाली प्रदेश सार्बजनिक प्रसारण कानुनी ब्यबस्था गर्न बनेको बिधेयक २०७५ माथी सैद्धान्तिक छलफल भएको छ ।
उक्त छलफलमा बोल्दै सांसद सिता नेपालीले बिधेयकमा प्रकाशनको बिषय समाबेश नभएको बताइन् । उनले ‘प्रसारण मात्र भयो प्रकाशनको बिषय समाबेश नभएको वताइन् ।’ सांसद नेपालीले सामाजिक संजालको दुरुपयोग भएको भन्दै यसको ब्यबस्थापन गर्न जरुरी रहेको बताइन् ।
उनले भनिन् प्रसारण हुने केही सामाग्री परिवारका बिचमा हेर्ने लायकका छैनन्, यसलाई नियमन गर्न जरुरी छ । साथै महिलालाई बिज्ञापनका रुपमा प्रयोग गर्ने चलन छ । महिला बिज्ञापनको रुपमा प्रयोग गरिने बस्तु हैनन् त्यसकारण यो कुरा आपत्तिजनक रहेको बताइन् ।
यस्तै संसद अमर बहादुर थापाले प्रदेशमा सञ्चार सम्बन्धी कानुन बनाउदाँ प्रसारणमा आउने समास्यालाई पनी समाधान गर्न सकिने गरी कानुन ल्याउनुपर्ने बताए ।
यस्तै सासंद देबी वलीले जनताको महत्वपूर्ण हतियारका रुपमा सञ्चार माध्यम रहेको बताइन् । सांसद वलीले अहिलेको संचार माध्यमहरुले समानताको सन्देश दिन नसकिरहेको बताउँदै मौलिकतालाई बचाउने गरी यो कानुनले सम्बोधन गर्नुपर्ने बताइन् ।
यस्तै सांसद बिन्दमान बिष्टले बिधेयक नियमनको ब्यबस्था गरीए पनी नियमनकारी बिषयको परीकल्पना हुन नसकेको बताए । उनले भने ‘पत्रकारहरुको क्षमता अभिबृद्धिको बिषयलाई पनी बिधेयकमा ब्यबस्था गर्नु पर्ने धारणा राखे ।’
उक्त बिधेयकलाई संसोधनको लागी ७२ घण्टाको समय सुरु गरिएको छ । अब कर्णाली प्रदेश सरकारको अर्काे बैठक यही फाल्गुन २२ गते १ बजे सम्मका लागी स्थगित गरिएको छ ।