दैलेख महोत्सव सर्याे

तस्विर फाइल

मातृभूमी संवादाता । २१ फागुन दैलेख
दैलेखमा हुन लागेको महोत्सवको मिति केहि दिन पछाडी सारिएको छ । यहि फागुन २२ गते देखी चैत्र २ गते सम्म हुने भनिएको कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन र औधोगिक व्यापार मेला दैलेख महोत्सव केहि दिनका लागी सरेको छ । अव महोत्सव फागुन २४ गते देखी चैत्र ४ गते सम्म सञ्चालन हुने भएको छ ।
दैलेख उद्योग वाणिज्य संघ दैलेख र नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको संयूक्त आयोजनामा हुन लागेको दैलेख महोत्सव २०७५ मौसम अनुकुल नभएका कारण तोकिएकै मितिमा हुन नसके पछि फागुन २४ देखी चैत्र ४ गते सम्म सञ्चालन हुने आयोजक संस्था दैलेख उद्योग वाणिज्य संघले जनाएको छ ।
कृषि पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रचार प्रशार तथा प्रर्वद्धन गर्ने उद्दश्येका साथ महोत्सव गर्न लागिएको भन्दै प्रचारप्रसार सँगै अन्य काम तिव्र गतिमा भैरहेको भए पनि मौसम प्रतिकुल हुँदा २ दिन पछाडी धकेलिएको उद्योग वाणिज्य संघ दैलेखका कोषाध्यक्ष सन्देश कुमार श्रेष्ठ (शैलेश) ले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!