सदरमुकाममा जीप दुर्घटना

मातृभूमी संवादाता । २१ फागुन दैलेख
साेमवार दिउँसो दैलेख सदरमुकाममा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्र । भे १ च २१३६ नम्वरको बोलेरो जीप दुर्घटना हुँदा चालक घाइते भएका हुन् । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २३ वर्षीय चालक ललित बिष्ट घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
व्रेक र स्टेरिङ्ग दुबै एकै पटक फेल भएपछि त्रिभुवन माविको पछिल्तिरबाट ३ बल्ड्याङ्ग पल्टिएर करिव ४० मीटर तल खोल्सामा अड्किएको अवस्थामा चालकलाई उद्धार गरी अस्पताल पुर्याइएको थियो ।
घाइते बिष्टको अहिले दैलेख जिल्ला अस्पतालमा भइरहेको छ । घाइतेको दाहिने छातिको करङ्ग थोरै असर परेको बाहेक अवस्था सामान्य रहेको डा. निरञ्जन पन्तले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!