पूर्ण सरसफाई सम्बन्धी अनुशिक्षण गाेष्ठि सम्पन्न
मातृभूमी संवादाता । २२ फागुन दैलेख
पूर्ण सरसफाई सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम नारायण नगरपालिका ७ मा सम्पन्न भएको छ । नारायण नगरपालिका वडा नम्बर ७ को आयोजनामा पूर्ण सरसफाई सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । अनुशिक्षण कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लले नारायण नगरपालिकाका अन्य वडा भन्दा वडा नम्बर ७ हरेक क्रियाकलापमा अग्रसर रहेको बताईन् । उपप्रमुख मल्लले विकास भनेको बाटोघाटो, विजुलीवत्ती मात्र नभई शिक्षा, स्वास्थ्य र सरसफाई पनि भएको बताएकी छन् । स्वास्थ्य र सरसफाईका लागी आगामी नगर सभाबाट विषेश योजना बनाएर बजेट व्यावस्थापन गर्न पहल गर्ने वताउँदै उपप्रमुख मल्लले अवको बजेटमा बाटोघाटोमा मात्र नभई जनचेतनामुलक र स्वास्थ्य तथा सरसफाईको क्षेत्रका लागी विषेश योजना वनाएर अघि वढ्ने उनको भनाई थियो । उनले आफु वडा नम्बर ७ का विभिन्न टोलहरुमा आफु जाँदा सफासुग्घर रहेको पाएको भन्दै प्रसंसा समेत गरीन् ।
अभिमुखिकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष एवं रेडियो धु्रवतारा सामुदायिक एफ.एम. दैलेखका स्टेशन म्यानेजर चक्र केसीले स्वायत स्थानिय सरकार निमार्ण पश्चात नारायण नगरपालिकामा वडा नं. ७ ले पुर्ण सरसफाई अभियानको थालनी गरेकोमा खुसी प्रकट गरे । के.सी.ले अभियानमा दैलेखका सम्पूर्ण पत्रकारको सहयोग रहने र सरसफाई संगै स्वास्थ्य, शिक्षामा पनि विषेश जोड दिनुपर्ने वताए । उनले अभियानलाई सफल पार्न सबैको भुमिका महत्वपुर्ण हुने भन्दै दैलेखका पत्रकारहरुले अहम् भुमिका निर्वाह गर्ने वचनवद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष पूर्ण बहादुर मल्लले बाटोघाटो मात्र विकास नभएको भन्दै आफ्नो घरनजीक पुगेको गाडीमा आफुले के पठाएर फर्काइयो भन्ने कुरा सोच्नु पर्ने वेला भएको वताए । वडा अध्यक्ष मल्लले सरसफाई प्रत्येक घरआगन, चुलो चौकोबाट शुरु गर्नुपर्ने अनि मात्र यस्ता अभियानले सार्थकता पाउने दावी गरे । उनले वडालाई पूर्ण सरसफाई युक्त वडा घोषणा गर्नका लागी यो अनुशिक्षण गोष्ठि सहयोगी सीद्ध हुने बताए ।
नारायण नगरपालिका वडा नं. ७ का महिला सदस्य निर्मला खड्काले आफुहरुले सडक मात्र निमार्णलाई प्रमुख प्राथमिकतामा नराखी वडामा विभिन्न कार्यहरु गरिरहेको वताईन् । उनले वडालाई समृद्ध वडा वनाउनका लागी विभिन्न योजनाहरु अघि सारिरहेको भन्दै वडालाई पूर्ण सरसफाई युक्त वडा घोषण गर्नका लागी सबैको सहयोगको अपेक्षा राखेको वताईन् । अनुशिक्षण गोष्ठि कार्यक्रम सञ्चालन वडा सचिव नेत्र वस्नेतले गरेका थिए भने गोष्ठिको सहजीकरण सामाजिक अभियान्ता गंगाराम दाहालले गरेका थिए ।