दैलेख महोत्सव शुरु

मातृभूमी संवादाता । २४ फागुन दैलेख
दैलेखमा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि, पर्यटन र औधोगिक व्यापार मेला तथा दैलेख महोत्सव शुक्रवारदेखि दैलेख सदरमुकाममा शुरु भएको छ ।
उद्योग वाणिज्य संघ दैलेख र नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको संयूक्त आयोजनामा भएको महोत्सव फागुन २४ देखि चैत्र ४ गते सम्म सञ्चालन हुने आयोजकले वताएका छन् ।
कृषि पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रचार प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यका साथ शुरु भएको महोत्सववाट जिल्लाको पर्यटन क्षेत्रको प्रचार–प्रसार गरी जिल्लाको औधोगिक व्यापारमा टेवा पु¥याउने आयोजक दैलेख उद्योग वाणिज्य संघले जनाएको छ ।
सो महोत्सवमा जिल्लाका विभिन्न स्थानीय तहको साँस्कृतिक झाँकी, स्थानीय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुनुका साथै स्थानीय उद्यमीले उत्पादन गरेको घरेलु तथा कृषिजन्य बस्तु प्रदर्शनीमा राखिएको छ भने जिल्लाका धार्मिक पर्यटकिय स्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन प्रचार–प्रसारलाई प्राथमिकतामा राखिएको छ ।
सो महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले महोत्सवमा स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्न खोजिएको प्रति खुशी व्यक्त गर्दै नीजि क्षेत्रलाई कर्णाली प्रदेशमा लगानी गर्न आग्रह गरेका थिए ।
उनले नीजि क्षेत्रको लगानीको सुरक्षा प्रदेश सरकारले गर्ने भन्दै आर्थिक समृद्धि भएमात्र मुलुकको विकास हुने धारणा राखेका थिए ।
महोत्सव अवधिभर करिव ५१ लाख ५० हजार रुपैया आम्दानी गर्ने लक्ष्य लिएको आयोजकको दावी छ । विज्ञापन तथा प्रायोजनवाट १ लाख ५० हजार, मनोरञ्जन कर १ लाख, सवारी साधन तथा पार्किङ शुल्क ५० हजार, प्रचार–प्रसार सामाग्री वितरण १ लाख ५० हजार, दातृ निकाय सरकारी तथा व्यवसायिक सस्था ७ लाख, स्टल भाडा १० लाख र टिकट विक्रिवाट ३० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
महोत्सव अवधिभर सि.सि.टीभी.को व्यवस्था, टेलिफोन तथा इन्टरनेटको व्यवस्थाका साथै सुविधाहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै महोत्सव स्थल भित्र प्रवेशका लागि भिआइपी टिकट शुल्क १ हजार र महोत्सव प्रवेशका लागि प्रति टिकट मुल्य १ सय रुपैया तोकीएको छ ।
यस्तै आज (शनिवार) दैलेख महोत्सवमा चर्चित गायक तथा मोडेल दुर्गेश थापा लगाएत राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजक संस्था दैलेख उद्योग वाणिज्य संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *